शुक्रबार, ७ वैशाख २०८१

संविधान खारेज भयो भने २०४७ को संविधान आउने खतरा रहन्छ:प्रधानमन्त्री

समयपोष्ट २०७३ फागुन १९ गते ५:५६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको संविधान खारेज भयो भने २०४७ को संविधान आउने खतरा रहेको बताएका छन् । नेपाल आदिबासी जनजाति महासंघका पदाधिकारीसँग बिहिबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भने,"अहिलेको संविधान पनि मान्दैनौं भनेर हामी नै यो संविधानको विरुद्ध लाग्दा त्यसको परिणाम के होला ?"तपाईहरु सोच्नुहोस्, भुईंको टिप्न खोज्दा पोल्टाको खस्नु हुँदैन । उनले भने,अहिलेको संविधान खारेज भयो भने २०४७ को संविधान आउने खतरा रहन्छ । के तपाई हामीले चाहेको त्यही हो त ? होइन भने अहिले प्राप्त गरेका अधिकारलाई जोगाउँदै अगाडि बढ्नु राम्रो हुन्छ ।’

Advertisement

सो अवसरमा दाहालले यथास्थितिमा संसदमा पेश गरिएको संविधान संशोधन विद्येयक पारित हुने अवस्था नरहेको पनि बताए । उनले भने,"हिजो मैले सरकारमा सहभागी दलका नेताहरुलाई बोलाएर छलफल गरें, राप्रपाका साथीहरुले अहिलेको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न सक्दैनौं भनेर प्रष्ट भाषामा भन्नुभएको छ ।" उनले भने, "प्रस्ताव मतदानमा गयो भने विपक्षमा मतदान गर्ने उहाँहरुको प्रष्ट कुरा छ । यति कुरा जान्दाजान्दै मतदानमा जाँदा संशोधन प्रस्ताव पारित हुँदैन, फेल हुन्छ । त्यसले समस्या समाधान होइन, झन् बल्झाउँछ, त्यसैले अलिकति समय लिएर निर्णयमा पुग्नु बुद्धिमानी हुन्छ ।"

प्रधानमन्त्रीले सरकार जनजाति अधिकारको पक्षमा रहेको र आदिबासी जनजाति प्रतिष्ठान खारेज नुहँनेमा प्रष्ट पार्दै भने, "स्थानीय तहको पूनर्संरचनामा पनि धेरै अधिकार समावेश गरिएको छ । अरु कुरा अब टुङ्गिन्छ । तर, नाम र स्थानीय तहको केन्द्र त्यहीँको संसदले तोक्छ, जनतालाई नै अधिकार दिएपछि तपाईहरुको भावना पनि समेटिन्छ ।"
भे

प्रतिक्रिया

सम्बन्धित सामाग्री