मंगलबार, ४ वैशाख २०८१

चैत १ गतेदेखि खुल्ने भयो स्टाण्डर्ड चार्टडको एफपिओ

समयपोष्ट २०७३ फागुन १९ गते ५:२७

चैत १ गतेदेखि स्टाण्डर्ड चार्टड बैंकको एफपिओ खुला हुने भएको छ । बैंकले १२ सय ९० रुपैँयाको दरले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ निष्काशन खुला गर्न लागेको हो । चैत १ गतेदेखि खुला हुने एफपीओ चाँडोमा चैत ४ गते बन्द हुनेछ ।

Advertisement

बैंकले एफपीओ निष्काशनका लागि एनएमबि क्यापिटलाई बिक्री प्रवन्धक नियुक्त गरेको छ । बैंकको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि अर्थात १२ हजार ९ सय रुपैयाँ र अधिकतम २५ हजार आठ सय ८० कित्ता अर्थात तीन करोड ३३ लाख ८५ हजार दुई सय रुपैँयासम्मको लागि आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री