बिहीबार, १३ वैशाख २०८१

काठमाडौं महानगरपालिकाको प्रमुखमा पौडेल नियुक्त

समयपोष्ट २०७३ फागुन १८ गते ९:०३

काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा सहसचिव ईश्वरराज पौडेललाई नियुक्त गरिएको छ । स्थानीय विकास मन्त्रालयले महानगरपालिकाको निवर्तमान प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई अन्यत्र सरुवा गरी पौडेललाई नियुक्त गरेको हो ।  निर्वाचन अचारसंहिता लागू हुने एक दिन अगाडि सरुवा गरिएका तामाङलाई नगरपालिका तथा वातावरण व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । त्यस्तै स्थानीय निकायको चुनाव नभएसम्म सहसचिव पौडेललेले महानगर प्रमुखको भूमिका निर्वाह गर्नेछन् । यसअघि पौडेल कास्कीको स्थानीय विकास अधिकारी थिए।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री