आइतबार, २ कार्तिक २०८२

कालीगण्डकी कोरिडोरः नौ किलोमिटर कालोपत्र

समयपोष्ट २०८१ चैत ७ गते ९:४९

Advertisement

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नौ किलोमिटर भुरुङ–तातोपानी– घाँसा खण्ड कालोपत्र भएको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा सुरु भएको सडक स्तरोन्नति सम्पन्न हुने चरणमा पुगेको छ । अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले अन्नपूर्ण गाउँपालिका–२ तातोपानीस्थित नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोलासम्म पहिरो र कटानको जोखिम भएको बाहेकका ठाउँमा ढलानसँगै कालोपत्र भएको छ”, उहाँले भन्नुभयो ।

विसं २०६४ मा खुलेको यो सडकलाई ११ मिटर फराकिलो बनाएर कुना र डिलतर्फ टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, ग्रेड तथा मोड सुधार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री