बुधबार, १९ वैशाख २०८१

हिमालयन बैंकले गर्यो दुई शाखा स्थानान्तरण

समयपोष्ट २०८० फागुन २९ गते २१:२३

Advertisement

हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंबाट विभिन्न बंैकिङ्क सेवा विस्तार गरेको छ ।

आइतवार बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य कर्मचारीहरुको उपिस्थतिमा गर्नुभएको थियो ।

यसै गरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपरमा स्थानान्तरण गरी आईतवारदेखि सेवा सुचारु गरेकोे छ ।

हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटिएम,६,५०० भन्दा बढी पिओएस टर्मिएनल्स् र १७,००० भन्दा बढी विप्रेषन भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री