शुक्रबार, २१ वैशाख २०८१

सामसुङ स्मार्ट प्लाजा कैलालीमा पनि

समयपोष्ट २०७९ फागुन २६ गते १५:४६

Advertisement

नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले पुष्पलाल चोक, धनगढी, कैलालीमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ।

हिम इलेक्ट्रोनिक्सका भाइस प्रेसिडेण्ट प्रभाकर शमशेर थापा र कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्स कलाधर ठाकुर द्वारा २६ फाल्गुनमा सो प्लाजाको उद्घाटन गरिएको हो ।

सुविधा सम्पन्न उक्त सामसुङ स्मार्ट प्लाजा, ग्राहकहरूको माग र आवश्यकतालाई गुणस्तरीय सेवामार्फत सम्बोधन गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

यससंगै उक्त शाखामार्फत ग्राहकहरूले आफ्ना पुराना उपकरण र फोनहरू सामसुङको नयाँ उपकरणहरूसँग साट्न सक्ने कम्पनीले जनाएको छ ।

Advertisement

कम्पनीका अनुसार ग्राहकहरूले Hulas Fin Serve मार्फत सजिलै किस्ताबन्दीकोको सेवा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

उक्त सामसुङ स्मार्ट प्लाजाका संचालक शिव शङ्कर ठाकुर रहेका छन् । उक्त अवसरमा प्लाजाका प्रबन्धक शिव शङ्कर ठाकुरले धनगढीका ग्राहकहरूको बढ्दो मागको आपूर्तिका निम्ति यस सुविधा सम्पन्न सामसुङ स्मार्ट प्लाजा सञ्चालनमा ल्याइएको बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री