बिहीबार, २० वैशाख २०८१

होली इभेन्टको टिकट खरिद गर्ने एकै प्लेटफर्म आइएमई पे

समयपोष्ट २०७९ फागुन १९ गते १७:०२

Advertisement

आइएमई पेले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भइ सो इभेन्टहरुको टिकट प्रदाएकको रुपमा रहने जानकारी सार्वजनिक गरेको छ ।

ग्राहकवर्गहरुलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उदेश्यका साथ आइएमई पेले होली इभेन्ट टिकटिङ सुबिधा प्रदान गरेको हो ।

आइएमई पेमा ग्राहकवर्गहरुले कलरेल्ला-अन्नपूर्ण होटल, कलर स्प्ल्यास-द मल्ल होटल, होली फिएस्ता २०२३-सिद्दार्थ बुटिक होटलमा होली इभेन्टको टिकट प्राप्त गर्न सक्ने छन् ।

यि इभेन्टहरु क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट र अर्बन इन्टरटेनमेन्ट आयोजना गरेका हुन् । ग्राहकवर्गले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मुल्य भन्दा थोरै मुल्यमा पाउन सक्ने कम्पनीले जनाएको छ ।

Advertisement

कम्पनीका अनुसार टिकट खरिद गर्न, आइएमई पे एपको ‘इभेन्ट’ सेवा भित्र उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री