शुक्रबार, २१ वैशाख २०८१

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख कोइराला नेतृत्वको टोलीद्धारा सालझण्डी ढोरपाटन सडकको अनुगमन

समयपोष्ट २०७९ फागुन १९ गते ११:२६

Advertisement

अशोक खनाल

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोइराला नेतृत्वको टोलीले सालझन्डी ढोरपाटन सडक अन्र्तगतको फुदबाङ-सालझन्डी सडकको अनुगमन गरेको छ ।

शुक्रबार बिहान अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी मिना अर्याल, आयोजना प्रमुख अन्जु परियार, प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजाल, शसस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ, अनुसन्धान अधिकृत खिमा पोख्रेल लगायतको टोलीले उक्त ६८ किमि.सडक अनुगमन गरेको हो ।

सन्धिखर्कको फुदबाङदेखि बलेवाङसम्मको ९ किमि. सडक सम्पन्न भैसकेको छ । खुर्सानेदेखि पटौटीसम्मको २२ किमि सडक १ अर्ब ९ करोडमा थोडंग अर्घाखाँची जेभिले सम्झौता गरि निर्माण कfर्यको शुरूवात गरेको छ ।

Advertisement

उक्त सडक तीन बर्षसम्म सक्ने सम्झौतामा उल्लेख छ । कन्चन खोलादेखि खुर्सानेसम्मको १३ किमि सडक भने ०७७/७८ मा रमण ओम सुगम कन्ट्रक्सनले २५ करोड रुपियाँमा सम्झौता भएको थियो । उक्त १३ किमि सडकको हालसम्म २६ प्रतिशत्मात्र भौतिक प्रगति भएको छ ।

उक्त ठेक्काको म्याद २०८० को आषाढ मसान्तमा सकिदै छ । बाँकी सडक खण्डमा भने सानो सानो स्ट्रक्चरको कार्य भइ रहेको आयोजनाका सूचना अधिकारी इन्जिनियर सरद आचार्यले जानकारी दिए ।

२०६५/०६६ साल देखि शुरूवात यस आयोजना सालझन्डीदेखि ढोरपाटनसम्म १९७ किमि. रहेको छ । जस अन्तरगत रुपन्देही जिल्लामा ५ किमि पाल्पा १८ किमि, अर्घाखाँची ७४ किमि, गुल्मी ४० किमि, बाग्लुङमा ६० किमि भाग पर्दछ ।

अनुगमनको क्रममामा प्रजिअ अर्यालले आयोजना निर्माण कार्य सन्तोष जनक नदेखिएकोले निर्माण कम्पनी तथा आयोजना कार्यलयलाई मापदण्ड अनुसार सम्झौता अबधिमा काम सम्पन्न गर्न निर्देशन दिईन् । मापदण्ड अनुसार सम्झौता अबधिमा काम नगर्ने टेकेदार कम्पनीलाई कारवाहीको प्रक्रिया प्रकृया अगाडि बढाउने चेतावनी दिदैँ आयोजनाका प्राबिधिक तथा कर्मचारीहरुलाई आयोजनास्थलमै रहि काम गर्न निर्देशन दिईन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री