बुधबार, २ जेठ २०८१

‘चोभार ड्राइपोर्ट’ लाई एलसीको अनुमति

समयपोष्ट २०७८ चैत १५ गते १६:१९

Advertisement

उपत्यकाभित्रकै पहिलो सुख्खा बन्दरगाह ‘चोभार ड्राइपोर्ट’ ले प्रतीतपत्र (एलसी)को अनुमति पाएको छ ।

हालैमात्र निर्माण कार्य सम्पन्न भई सरकारबाट सञ्चालनको अनुमति समेत पाइसकेको बन्दरगाहबाट अब व्यवसायिक रुपमा मालसामान भन्सारीकरण गर्ने गरी अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले एलसी जारी गर्न पाउने भएका हुन् ।

मंगलबार राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ संशोधन गर्दै यस्तो निर्देशन जारी गरेको हो । सो व्यवस्थामा बैंकले अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्था बमोजिम अब चोभारको सुख्खा बन्दरगाह भन्सार कार्यालय नाका हुने गरी समेत जारी गर्न सकिने बताएको छ ।

यस्तो सुविधा मेची, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी भैसकेका मालवस्तुको समेत पैठारीकर्ताको माग भएमा प्रचलित व्यवस्थाबमोजिम चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार विन्दु परिवर्तन गर्न समेत सकिने बैंकले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री