शुक्रबार, ४ जेठ २०८१

प्राधिकरणले ३८ रुपैयाँ तिर्दा पनि पाएन बिजुली, औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु

समयपोष्ट २०७८ चैत १४ गते १९:०७

Advertisement

उद्योगहरुमा अघोषित ‘फोर्स लोडसेडिङ’को अवस्था सिर्जना भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले भारतको प्रतिस्पर्धी बजारबाट प्रतियुनिट ३८ रुपैयाँमा पनि बिजुली खरिद गर्ने गरी बोलकबोल गर्दा पनि अरुले नै महंगोमा किनेपछि उद्योगमा साँझ र रातिको समयमा उद्योगहरुमा बिजुली कटौती गरेको हो ।

बिजुली किन्दा बिड नपरेका दिनमा साँझ बजेदेखि विहान ६ बजेसम्म उद्योगहरूमा अवस्था हेरेर बिजुली कटौती हुनसक्ने प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले बताए । उनका अनुसार बिड नपरेका दिनमा साँझ र राति उद्योगहरूमा ३३० मेगावाटसम्मको बिजुली कटौती गर्न थालिएको छ । रूस-यक्रेन युद्धका कारण कोइलाको अभाव चर्किएपछि भारतमा बिजुलीको मूल्य उच्च दरमा पुगेको छ ।

प्रतियुनिट भारु २० रुपैयाँसम्म पनि बिड नपरेपछि त्यसभन्दा माथि मूल्यमा गएर खरिद नगर्ने बताए । ३८ रुपैयाँमा किनेको बिजुली नेपालमा औसत ९ रुपैयाँमै बेच्नुपर्छ । यसले दैनिक २२ करोडसम्म घाटा हुन्छ भने यही अवस्था ३५ दिनसम्म रहे ८ अर्ब रुपैयाँ नोक्सानी हुने अवस्था रहेको प्राधिकरणको दावी छ।

Advertisement

भारतमा ऊर्जाको मूल्य एक्कासी बढेको र सस्तो मूल्यमा प्रस्ताव गर्दा बिजुली नै नपाएको हुनाले केही दिन नेपालमा बिजुली अभाव हुने अवस्था देखिएको प्रवक्ता भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री