
पर्यटकीय याम सुरु भएसँगै सगरमाथा क्षेत्र खुम्बुमा बाह्य पर्यटक आउने क्रम सुरु भएको छ ।
वसन्त ऋतु सुरु हुन लागेसँगै खुम्बु क्षेत्र भित्रिने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । खुम्बु क्षेत्रमा केही दिनयता दैनिक १०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ ।
कोरोना महामारीका कारण लामो समय खुम्बु क्षेत्रमा पर्यटकको आगमन हुन सकेको थिएन । अहिले धमाधम पर्यटक आउन थालेको खुम्बु पासाङल्हामु गाउँपालिका–४ छुकुमका पर्यटन व्यवसायी तेन्जिङ जाङ्बु शेर्पाले बताउनुभयो । अहिले लुक्लास्थित लतेन्जिङ हिलारी विमानस्थलमा समेत चहलपहल बढेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले बताउनुभयो । लुक्लामा दैनिक २० वटासम्म हेलिकप्टर र ३५ वटासम्म जहाजले उडान भर्ने गरेका लछन् ।
हिउँदमा काठमाडाँैबाट लुक्ला खाली आउने र लुक्लाबाट उल्लेख्य सङ्ख्यामा यात्रु लिएर फर्कने जहाज अहिले बिना यात्रु फर्कने गरेका छन् । चिसो मौसममा खुम्बु छाड्ने यात्रुको सङ्ख्या अत्यधिक हुने भए पनि पर्यटक आगमनको याम सुरु भएसँगै भित्रिने यात्रुको चाप बढी र फर्कने यात्रु शून्यजस्तै हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । असोजदेखि मङ्सिरसम्म र फागुनदेखि जेठसम्म खुम्बु क्षेत्रमा पर्यटक आउजाउ बढ्छ ।









प्रतिक्रिया