चिप्लेर पोखरीमा डुबेकी महिलाको मृत्यु

पोखरीमा डुबेर बैतडीमा एक महिलाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ कैनपानीका २३ वर्षीया भागरथी चन्द रहेकी छन् ।

भागरथीको घर नजिकै रहेको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

बारीमा घाँस काटेर हातखुट्टा धुने क्रममा चिप्लेर पोखरीमा डुबेको र लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि अस्पताल लगिँदैछ ।

उनको श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री