बिहीबार, २० वैशाख २०८१

बुटवल २२० केभी सबस्टेसन सञ्चालनमा

समयपोष्ट २०७८ चैत ४ गते ११:०७

Advertisement

नवलपरासीको सुनवल नगरपालिका-१३ मा निर्माण भएको २२०/१३२ केभी न्यु बुटवल सबस्टेसन बिहीबारबाट सञ्चालनमा आएको छ।

मुलुकभित्र उत्पादित विद्युतको आन्तरिक खपत एवं द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवर्द्धनका लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सुदृढीकरणका लागि न्यू बुटवल सबस्टेसनको निर्माण गरिएको हो ।

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् म्याग्दीको दानाबाट सुरु हुने कालीगण्डकी करिडोर २२० कभी प्रसारण लाइन हुँदै न्यू बुटवल सबस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ।

नेपाल सरकारको लगानी, नर्वेको अनुदान र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा सबस्टेसनको निर्माण गरिएको हो। सबस्टेसन निर्माणका लागि ८ नेभेम्बर २०१७ मा करिब एक अर्ब आठ करोड रुपैयाँमा भारतको टाटा प्रोजेक्ट लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो। गत नोभेम्बरमा तयार हुँदा लागत १ अर्ब ५ करोड रुपैयाँ भएको छ।

Advertisement

नेपाल-भारत विद्युत् व्यापारका लागि लागि दोस्रो क्रस बोर्डर प्रसारण लाइन पनि न्यू बुटवल सबस्टेसनबाट सुरु हुनेछ। न्यु बुटवल-गोरखपुर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण लगानी तथा कार्यान्वयन प्रारुपमा सहमति जुटिसकेको छ। करिब २० बिघा जमिनमा निर्माण हुने न्यु बुटवल सबस्टेसन धनुषाको ढल्केबरपछिको दोस्रो ठूलो विद्युत् हब बन्ने छ ।

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मार्फत दिने अनुदानबाट न्यु बुटवलमा ४०० केभीको अर्को सबस्टेसन पनि बन्ने छ। एमसीसीले तनहुँको दमौलीबाट न्यु बुटवलसम्म ४०० केभी प्रसारण लाइन पनि निर्माण गर्ने योजना छ।

बर्दघाट-न्यु बुटवल २२० केभी र न्यू बुटवल-कोहलपुर (बाँके) ४०० केभी प्रसारण लाइन निर्माण हुँदै छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री