शुक्रबार, २१ वैशाख २०८१

नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता

समयपोष्ट २०७८ फागुन २१ गते ११:१३

Advertisement

नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच कर्मचारी एवम् विद्यार्थीहरुलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ सेवा उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौतामा विश्वविद्यालयका रजिष्ट्रार डा. दीपकबहादुर भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन्।

यससंगै विश्वविद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक/ शिक्षक/कर्मचारीहरुको तलबी खातामा बैंकले बचत निक्षेपहरुको उच्चतम ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ।

साथै, बैंकले निःशुल्क भिसा डेबिट कार्ड, मोबाइल/इन्टरनेट बैंकिङ रजिष्ट्रेसन, लकर भाडामा २५ प्रतिशत छुट दिने जनाएको छ। जुनसुकै कर्जा लिँदा सेवा शुल्कमा २५ प्रतिशत छुट, डिम्याट/सीआस्वा/मेरो सेयर रजिष्ट्रेसन पनि निःशुल्क दिइने बैंकले जनाएको छ।

Advertisement

कर्मचारीहरुलाई क्रेडिट कार्ड समेत प्रदान गर्ने तयारी बैंकको छ। त्यसैगरी, बैंकको कुनै एक शाखामा रहेको खाताबाट बैंकको अन्य कुनै पनि खातामा जतिसुकै रकम ट्रान्सफर गर्न चाहेमा विना कुनै शुल्क तत्कालै ट्रानसफर गरिने बताइएको छ।

बैंकले आवश्यकताअनुसार विश्वविद्यालय परिसरमा एटीएम मेसिन/बैंक काउन्टर/शाखा स्थापना गरी सेवा दिन समेत तयार रहेको जनाएको छ। देशभर २१३ शाखा, १४७ एटीएमका साथै ४९ वटा एक्सटेन्सन काउन्टरबाट बैंकले २० लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री