मंगलबार, ६ चैत २०८०

विप्लवद्धारा हेरिकप्टर चढेर काठमाडौँ आउन अस्विकार

समयपोष्ट २०७७ फागुन २० गते १९:३९

Advertisement

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले हेलिकप्टर चढेर काठमाडौँ आउन अस्विकार गरेका छन् ।

विप्लव नेतृत्वको नेकपा र सरकारबीच भएको सहमतिअनुसार शुक्रबार प्रधानमन्त्री के पी शर्मा ओली र विप्लव एउटै मञ्चमा सम्बोधनका लागि उपस्थित हुँदैछन् । भोलिको कार्यक्रममा विप्लवलाई काठमाडौँ ल्याउन सरकारले हेलिकप्टरको प्रबन्ध गरेको थियो । तर विप्लव हेलिकोप्टर चढ्न नमानेपछि गाडीबाटै काठमाडौं आउँदै गरेको एक नेताले बताए ।

हेलिकोप्टरमा चढ्दा राम्रो सन्देश नजाने भएकाले पार्टीले व्यवस्था गरेको गाडीमै विप्लव काठमाडौं आउँदै गरेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री