शुक्रबार, २१ वैशाख २०८१

‘प्रधानमन्त्री केयर्स कोषमा’ अक्षयको २५ करोड सहयोग, सहयोगपछि उनले भने-आज मसँग सबै छ म फर्किन सक्दिन

समयपोष्ट २०७६ चैत १६ गते १८:३५

Advertisement

बलिउड कलाकार अक्षय कुमारले ‘प्रधानमन्त्री केयर्स कोषमा’ २५ करोड सहयोग गरेका छन् ।

सहयोग गरेपछि अक्षयले प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहलाई मूर्तरुप दिँदै कोषमा सहयोग गरेको बताएका छन् । उनले सो कुरा ट्विटर मार्फत जानकारी दिएका छन् ।

अक्षयले सहयोग गरेपछि बलिउड अभिनेत्री तथा अषय पत्नी ट्विंकल खन्नाले लेखेकी छिन्,’यस व्यक्तिले मलाई कत्ति गर्व महसुस गराउँछ। मैले अक्षयलाई सोधें कि उसले वास्तवमै यति ठूलो रकम दिनेछ किनकि हामीले यति धेरै रकम संकलन गर्नुपर्‍यो।’

तर अक्षयले मलाई यो भनेका थिए कि जब मैले आफ्नो करियर शुरू गरेको थिएँ । त्यस बेला मसँग केही थिएन । आज मसँग सबै छ म फर्केर जान सक्दिन । जोसँग केही छैन, म उनीहरूलाई मद्दत नगरी बाँच्न सक्दिन ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री