पतिसँग १४ दिनको आईसोलेसन घरमै पुरा गरेकी प्रियंका भन्छिन् ‘घरमै बसेर तातोपानी पिउनुस्’
कोरोना भाईरस सँक्रमणको आसंकामा बलिउड अभिनेत्री प्रियँका चोपडाले आफ्नो पतिसँग १४ दिनको आईसोलेसन घरमै पुरा गरेको बताएकी छिन् ।
बिदेश यात्राबाट आएपछि उनी १५ दिन अघि आफ्ना श्रीमान निक जोनसोनसँग घरमै क्वारेन्टाईनमा थिईन् । यात्राको क्रममा आफुलाई कोरोना भाईरस (कोभिड १९) सरेको हुनसक्ने भन्दै उनी आफ्ना पतिका साथ सेल्फ क्वारेन्टाईनमा बसेकी थिईन् ।
यो अबधिमा आफुले सेल्फ क्यारेन्टाईनबाट युनिसेफसँग जोडिएर कोरोना बिरुद्धको सेचतना फैलाएको पनि यी बताएकी छिन् ।
आफ्नो इन्स्टाग्राम, फेसबुक मार्फत लाईभ आएर यी अभिनेत्रीले कोरोना भाईरस बिरुद्ध जोगिने उपायहरुबाट सन्देश सम्प्रेषण गरिरहेकी थिईन् । युनिसेफको सहकार्यमा आफुले सामाजिक सञ्जाल मार्फत कोरोना बिरुद्धको सचेतना फैलाउने कार्य गरिरहेको यी अभिनेत्रीले बताएकी छिन् ।
यतीबेला भारत, नेपाल लगायत धेर देश लड डाउनको अबस्थामा छ । सबैजना घरमा बसेर आफुलाई सुरक्षित राख्न प्रयासरत छन् । यसै क्रममा अभिनेत्री प्रियँकाले एक भिडियो बनाएर घरमा रहँदा कसरी व्यायाम गर्ने भन्नेबारे जानकारी गराएकी छिन् ।
आफु र आफ्ना पति निकका साथ उनले घरमै विभिन्न व्यायाम गरेर त्यसको भिडियो रिलिज गरेकी हुन् । उनी व्यायामको क्रममा इन्ंस्टामा लाईभ समेत आएकी थिईन् । घर भित्र रहँदा स्वास्थ्य रहनु अर्को महत्वपूर्ण कुरा भएको यी अभिनेत्रीको भनाई छ । उनले सबैलाई घर भित्रै सुरक्षित रहन र नियमित व्यायाम गर्न तातो पानी नियमित पिउन सल्लाह दिएकी छिन् ।एजेन्सी
प्रतिक्रिया