बिहीबार, ३ जेठ २०८१

कर्णाली प्रदेश विपद् कोषमा सिद्धार्थ बैंकको १० लाख सहयोग

rss २०७६ चैत १५ गते १९:१३

Advertisement

कोभिड–१९’ रोकथाम तथा नियन्त्रणार्थ कर्णाली प्रदेश सरकारद्वारा स्थापित प्रदेश विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंक लिमिटेड शाखा सुर्खेतले रु १० लाख सहयोग गरेको छ ।

बैंक सुर्खेतका प्रबन्धक रञ्जन कोइरालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज उक्त राशिको चेक हस्तान्तरण गर्नुभयो । त्यस्तै नौमुले गाउँपालिका ३ द्वारी दैलेख निवासी पदमबहादुर विश्वकर्माले व्यक्तिगत रुपमा आजै मुख्यमन्त्री शाहीलाई रु ५१ हजारको चेक हस्तान्तरण गर्नुभएको छ ।

चेक ग्रहण गर्दै मुख्यमन्त्री शाहीले बैंक तथा जिम्मेवार व्यक्तिप्रति कृतज्ञता प्रकट गर्नुभयो । बैंकका सुर्खेत शाखा प्रबन्धक कोइरालाले आजकै दिन बैंकले कोरोना प्रतिकार्यमा सहयोग पु¥याउन नेपालका सातै प्रदेशका सरकारलाई रु १०– १० लाखका दरले चेक हस्तान्तरण गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना भाइरस प्रतिकार्य तथा रोकथाममा सहयोग पुगोस् भन्ने हेतुले बैंकले यसअघि कान्तिपुर मिडियासँगको सहकार्यमा रु १५ लाख दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री