बुधबार, १२ वैशाख २०८१

आजबाट अर्घाखाँची लकडाउन

समयपोष्ट २०७६ चैत १० गते ११:२०

Advertisement

अशोक खनाल

आजबाट अर्को सुचना जारी नभएसम्मको लागि अर्घाखाँची जिल्ला लक डाउन भएको छ । कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबारबाट प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षतामा सम्पन्न सर्वपक्षिय बैठकले जिल्लालाई लकडाउन गर्ने निणर्य गरेको हो ।

बैठकमा जिल्लास्थित जनप्रतिनिधिहरु, शुरक्षाा निकायका प्रमुखहरु, राजनैतिक दल, विभिन्न संघ सस्थाका प्रतिनिधि ,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

यस्तो भयो निणर्य

– कोरोना भाइरसको संक्रमडबाट सतर्कता अपनाउनका लागि अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा प्रवेश गर्ने मालबाहक गाडी बाहेक अन्य सार्बजनिक निजि सबारी साधन मोटरसाइकल २०७६/१२/१० गते राती १२ बजे देखि पुर्ण रुपमा आबत जावतमा प्रतिबन्ध गर्ने । मालबाहक सवारीमा रहेका चालक र सहचालकको हेल्थ डेस्कमा स्वास्थ परिक्षण हुँने

– औषधि र पेट्रोल पम्प २४ सै घन्टा खुला रहने ।

– खाद्यान्न, ग्यास, तेल, फलफूल पसल प्रत्येक बिहान १० देखि २ बजेसम्म खुला हुने ।

– दूध डेरि साग सब्जी बिहान ६ देखि ९ र बेलुका ४ देखि ७ सम्म खुला रहने ।साथै ठेला गाडामा सञ्चालित ब्यवसाय,आइसक्रिम लगायत बेच्न पुर्ण प्रतिबन्ध लगाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री