शुक्रबार, १६ चैत २०८०

टेकुमा पाँच जनाको शव देखेको भन्दै अमेरिकाबाट अफवाह फैलाउने पाण्डेले भने- भुल भयो माफ गर्दिनुहोस्

समयपोष्ट २०७६ चैत ९ गते ८:४७

Advertisement

सरकारले कोभिड-१९ बारे अफवाह फैलाउनेलाई समातेर कार्वाही गर्न थालेपछि टेकुमा लास देखेको भनेर भिडियो पोष्ट गर्ने एक जनाले क्षमा मागेका छन् ।
आफू टेकू अस्पतालमा उपचार गर्न जाँदा पाँच जनाको लास देखेको भन्दै भिडियो सन्देशमार्फत अफवाह फैलाउने अमेरिकाको टेक्सस बस्ने नयन राज पाण्डेले सामाजिक सञ्जालमा लामो स्टेटस पोष्ट गर्दै क्षमा मागेका हुन् ।

नमस्ते सबैजनालाई ।

म नयन राज पाण्डे हाल अर्भिङ्ग टेक्सासमा बस्छु। सर्वप्रथम अमेरिकी समय अनुसार शुक्रवार साँझ मैले सामाजिक सन्जाल टिकटकमा गरेको पोष्टका कारण जसरी गलत सन्देश प्रवाह गरियो र यसैको कारण पर्न गएको दुःखले मलाई अत्यन्त दुस्खित बनाएको छ ।

मेरो उद्देश्य मातृभूमी नेपालमा कुनै अफवाह फैलाउने थिएन र हुने पनि छैन । विश्वनै आक्रान्त बनेको महामारी कोरोनाको संक्रमणवाट हामी सबै बचौं भन्ने नै सन्देश दिनु थियो र यो वेला हामी सवैं मिलेर यसको संक्रमणलाई रोकथाम गर्न लाग्न जरूरी छ । तर यति भनिरहँदा के पनि भन्न चाहान्छु भने जुन भिडियोको चर्चा छ त्यो भिडियोको प्रमुख उद्देश्य कसैलाई हतोत्साहित बनाउन, समाजमा डररत्रास उत्पन्न गराउन नभई साबधानी अपनाउन आग्रह गर्दै सचेतना फैलाउनु थियो।

हो, म बाट केही गल्ती पनि भएछ तर मनैबाट भन्छु कि त्यो अन्जानमा थियो र त्यो गलत नियतले पक्कै थिएन। मैले बोलेका कुरा मैले विभिन्न व्यक्तीहरूले सामाजिक संजालहरूमा राखेको टिप्पणीहरू र पोष्टहरूसँग सम्बन्धित थियो । यसको अर्थ मैले केही गरेको होईन, भन्ने चाँही होईन मैले पोष्ट गर्दा विचार गर्नु पर्दथ्यो त्यति नगरेकोमा भने दुस्खी छु । त्यसको आधिकारिकता बारे पक्कै ध्यान दिनुपर्ने थियो मेरो भिडियोले जस् जसलाई प्रतिकुल मनोबैज्ञानिक असर पर्यो, सान्दर्भिक लागेन अनि गलत छाप छोड्न गयो, त्यसको लागि म माफी माग्न चाहान्छु। मैले बोलेका कुरा मैले विभिन्न व्यक्तीहरूले सामाजिक संजालहरूमा राखेको टिप्पणीहरू र पोष्टहरूसँग सम्बन्धित थियो । म हरेक दिन केही न केहि सिक्न चाहान्छु र सिकिरहेको पनि हुन्छु । यो घटनाबाट पनि मैले धेरै पाठहरु सिके र त्यसलाई आगामी दिनहरुमा ब्यबहारमा उतार्ने नै छु।

मलाई र मेरो भिडियोको मुल भाव र नियतलाइ बुझेर मायाँ, सद्भभाव र रचनात्मक सुझाव दिनुहुने सबैप्रती नतमस्तक छु। गाली बोल्नुहुने, इन्टरपोल, पुलिसमा खबर गरी नेपाल नै डिपोर्ट गर्नुपर्छ भन्ने दाजुभाइरदिदिबहिनीहरुसँग पनि कुनै गुनासो छैन किनकी यसलाई पनि मैले एक किसिमको मायाँ, नेपाल आमा प्रतिको चिन्ता र वर्तमान परिस्थितिको स्वभाविक प्रतिक्रिया नै सोचेको छु।

हिजोको मेरो भिडियो र यसले अहिले जनमानसमा पारेको प्रतिकुल असरको लागि माफी माग्दछु। तर मेरो भिडियो बिदेशमा रहेको एक नेपालीको आफ्नो मातृभुमी प्रतिको स्वभाविक जिज्ञासा, चासो अनि मायाँ थियो। यसलाई यति मात्रै बुझिदिनु अनुरोध पनि गर्दछु। र मैले त्यो भिडियो मेरो पेजवाट हटाएको पनि बताउन चाहन्छु ।

र अन्त्यमा मलाई माया गर्ने, सम्झाउने, आलोचना अनि गाली गर्नुहुने सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुलाइ पुनः धन्यवाद।
साबधानी अपनाइ आफू सुरक्षित भइ अरुलाइ पनि सुरक्षित बनाउन हुन पुनः सबैमा आग्रह गर्दै सबैप्रती कृतज्ञता ब्यक्त गर्दछु।

धन्यवाद।

Stay safe and takecare ❣️

प्रतिक्रिया

सम्बन्धित सामाग्री