बिहीबार, २० वैशाख २०८१

एन आई सी एशिया बैंकका डिजिटल बैंकिङ्गका यि सेवाहरू निःशुल्क

समयपोष्ट २०७६ चैत ८ गते १२:२४

Advertisement

कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले एन आई सी एशिया बैंक लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।
बैंकले शुक्रबारबाट

मोबाईल बैंकिङ्ग,दर्ता शुल्क, अन्तरबैंक कारोबार, क्युआर मर्चेन्ट भुक्तानी, विद्युत महसुलको भुक्तानी, खानेपानी महसुलको भुक्तानी,हवाईजहाजको टिकट खरिद, स्कुल फि, इन्टरनेट शुल्कको भुक्तानी, पिन रिजेनेरेसन शुल्क,बीमा प्रिमियम भुक्तानी,डेबिट कार्ड,दर्ता शुल्क,एन आई सी बैंकको एटिएमबाट रकम निकाल्न तथा मौज्दात जाँच गर्न, अन्य बैंकको एटिएम प्रयोग गरि रकम निकाल्न तथा मौज्दात जाँच गर्न,पि ओ एस कारोबार शुल्क,
ई कमर्स संचालन शुल्क, इन्टरनेट बैंकिङ्ग ,मिस्डकल बैंकिङ्ग,भाइबर बैंकिङ्ग,च्याटबट,आई भि आर सर्भिस निशुल्क गरेको जनाएको छ।

बैंकले देशैभरि रहेका शाखा कार्यालय, विस्तारित काउण्टर, एटिएम तथा अन्य विभिन्न डिजिटल बैंकिङ्ग माध्यमबाट यथावत सेवा सुविधा उपलब्ध गराउन बैंक कटिबद्ध रहेको तथा बैंकले प्रदान गर्दै आईरहेको संम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधा नियमीत रुपमा यथावत सुचारु राखिएको जनाएको छ।

बैंकले कुनै जानकारी चाहिएमा बैंकको २४ घण्टा सुचारु रहने ग्राहक जनसम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, फेसबुक च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ सिधा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

Advertisement

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५९ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री