बिहीबार, २० वैशाख २०८१

ज्योति विकास बैंकको क्षेत्रीय र शाखा कार्यालयको उद्घाटन

समयपोष्ट २०७६ चैत ७ गते १९:५५

Advertisement

ज्योति विकास बैंकले इटहरी उपमहानगरपालिकामा क्षेत्रीय र शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ।

बैंकले शुक्रबार इटहरी उपमहानगरपालिकामा आफ्नै भवनमा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग सेवाको पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ बैंकले उक्त क्षेत्रमा क्षेत्रीय कार्यालय र शाखा कार्यालय सञ्चालन गरेको हो।

इटहरी उपमहानगरपालिका वडा नं ५, सुनसरीस्थित क्षेत्रीय कार्यालयको समुद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक लाल चौधरी तथा ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गर्नुभएको थियो।

समारोहमा बोल्दै मेयर चौधरीले ज्योति विकास बैंकले पूर्व क्षेत्रमा सञ्चालनमा ल्याएका कार्यालयहरुले सेवाग्राहिलाई थप सेवा मिल्ने तथा विभिन्न कर्जा सेवाले गर्दा उद्यमशीलतामा थप टेवा पुग्ने कुराले आफू हर्षित भएको जनाउनु भयो।

Advertisement

साथै, इटहरी उपमहानगरपालिका वडा नं ६, सुनसरीस्थित ज्योति विकास बैंकको शाखा कार्यालयको समुद्घाटन उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेलले गर्नुभएको थियो। उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत, बैंकका अन्य कर्मचारी, ग्राहकवर्गहरु तथा स्थानिय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु। ३४ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु।२९ अर्व लगानी गर्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री