मंगलबार, २५ वैशाख २०८१

कोरोना संक्रमितको उपचारका लागि औलोका बिरामीलाई दिइने औषधिको प्रयोग गर्दै अमेरिका

समयपोष्ट २०७६ चैत ७ गते ११:१९

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले कोरोना संक्रमित व्यक्तिको उपचारका लागि औलोका बिरामीलाई दिइने औषधिको प्रयोग गर्न पहिलो पटक अनुमति दिइएको बताउनु भएको छ ।

ट्रम्पले अमेरिकी अधिकारीहरूले कोरोनाभाइरसको उपचारका रूपमा प्रयोग गर्न एन्टिमेलेरियल क्लोरोक्वाइन र हाइड्रोक्सीक्लोरोक्विन जतिसक्दो छिटो उपलब्ध गराउन आदेश दिइएको बताउनुभयो । यी औषधि शताब्दियौंदेखि औलोको उपचारका लागि प्रयोग भइरहेको छ ।

अमेरिकी राज्य क्यालिफोर्नियामा तीन करोड ९० लाख भन्दा बढी मानिसलाई घरभित्रै बस्न आदेश दिइएको छ । अमेरिकामा यति कठोर कदम चाल्ने क्यालिफोर्निया पहिलो राज्य हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री