मंगलबार, २५ वैशाख २०८१

कोभिड-१९ को लक्षण देखिए ब्रुफिन प्रयोग नर्गन सुुझाव

समयपोष्ट २०७६ चैत ७ गते ७:४७

Advertisement

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को लक्षण देखिएका बिरामीलाई दुखेको कम गर्न बु्रफिन प्रयोग नगर्न सुुझाव दिएको छ ।

एक फ्रेन्च अधिकारीले बु्रफिन जस्ता एन्टी इन्फ्लामाटोरी औषधीले कोरोनाको संक्रमणलाई अझ खराब बनाउने बताएलगत्तै विश्व स्वास्थ्य संगठनको सुझाव आएको हो ।

विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रिस्चियन लिण्डमेयरले थप निर्देशिका जारी गरिने बताएका छन् । उनले सेल्फ मेडिकेशनका रुपमा बु्रफिनको प्रयोग नगर्न बरु पारासिटामोलको प्रयोग गर्न सुझाव दिएका छन् ।

यदि स्वास्थ्यकर्मीहरुले बु्रफिन सिफारिस गरेमा त्यो उनीहरुमा भर पर्ने उनले बताएका छन् । फ्रेन्च मन्त्रीले पहिले नै एन्टी इन्फ्लामाटोरी औषधी प्रयोग गरिरहेकाहरुले चिकित्सकको सल्लाह लिन भनेका छन् ।पारासिटामोल लिंदा पनि तोकिएको डोजमात्र लिन सिफारिस गरिएको छ । पारासिटामोल धेरै लिंदा कलेजोमा असर पर्नसक्ने भएकाले तोकिएको डोजमात्र लिन भनिएको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री