आइतबार, १६ वैशाख २०८१

पल र पूजाले यसरी छले आँचलको विवाह पार्टी

समयपोष्ट २०७६ चैत ३ गते १३:०३

Advertisement

कुनै समय अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा प्रेम सम्बन्धमा रहेको चर्चा बाक्लै सुनिन्थ्यो । तर, छ महिना पहिला पल र आँचलको ब्रेकअप भएको खबर बाहिरियो । उक्त खबरसंगै आँचल डाक्टर उदिप श्रेष्ठको प्रेममा परेको चर्चाले बजार ततायो ।

हाल आँचलले उनै डाक्टरसंग विवाह समेत गरिसकेकी छिन् । निकैनै तामझामका साथ गरियो विवाहमा पल शाह र उनकै अर्की मिल्ने साथी अभिनेत्री पूजा शर्मालाई समेत निम्त्याईएको थियो । तर यि दुबै जना आँचलको खुसिमा सामेल हुँन पुगेनन् । पुजासंग पनि आँचलसंग सम्बन्ध बिग्रिसकेको बताईएको छ । आँचलको विवाहमा सहभागि हुनुपर्ला भनेर पुजा र पलनै मक्तिनाथ दर्शन गर्न गएको हल्ला चल्न थालेको छ ।

पल र पूजाले आँचलको बिहे पार्टीको निम्तो आएपछि अकास्मात मुक्तिनाथ दर्शनमा निस्कने योजना बनाएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री