शुक्रबार, १४ वैशाख २०८१

जगदम्बा मोटर्सद्वारा यस वर्षको इपिएल २०२० को लागि टाइटल प्रायोजन

समयपोष्ट २०७६ फागुन २१ गते १९:५६

Advertisement

नेपालको लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा यस वर्षको इपिएल २०२० को लागि टाइटल प्रायोजन गरेको छ ।

इपिएल २०२० को टाइटल प्रायोजन गर्ने सम्बन्धमा नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्सको तर्फबाट साहिल अग्रवाल र इपिएलको तर्फबाट आमिर अख्तरले सम्झौतापत्रमा आज एक समारोहबीच हस्ताक्षर गर्नु भएको छ ।

”टिभिएस इपिएल २०२०” प्रतियोगिता यही मार्च १४, २०२० देखि मार्च २८, २०२० सम्म किर्तिपूर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

सो समारोहमा संक्षिप्त मन्तव्य राख्दै साहिल अग्रवालले भन्नु भयो ,“हामी इपिएलको एक हिस्सा हुन पाएकोमा गर्व गर्दछौं । नेपालको क्रिकेट खेललाई एक उचाई प्रदान गर्न सफल यो प्रतियोगिताले नेपालका क्रिकेट खेलाडीहरुको मनोबल उकास्नमा भरपूर मद्दत पुर्याउदै आएको छ । हाम्रो टिभिएसलाई इपिएलसँग आबद्ध गर्न सहमती दिनु भएकोमा हामी आयोजकहरु प्रति आभार व्यक्त गर्दछौं । साथै टिभिएस इपिएल २०२० को यो संस्करणको भव्य सफलताको कामना पनि गर्दछौं ।”

सोही समारोहमा आयोजकको तर्फबाट हस्ताक्षर गर्नु हुने आमिर अख्तरले इपिएलको यो संस्करणलाई साथ दिएकोमा जगदम्बा मोटर्सलाई धन्यवाद दिंदैं यसरी अन्तर्राष्ट्रिय स्तरको ब्राण्डसँग इपिएल आबद्ध हुनुले प्रतियोगिताको प्रतिष्ठा अझ वृद्धि भएको बताउनु भयो ।

नेपालमा अत्यन्त लोकप्रिय रहँदै आएको टिभिएस ब्राण्डले नेपालको विभिन्न खेलकुद क्षेत्रमा पनि आफ्नो सहभागीता जनाउँदै आएको छ । यसैको एक कडी अब टिभिएस इपिएल २०२० पनि बनेको छ । टिभिएसले निरन्तर रुपमा आफ्ना  बाइक तथा स्कुटरका ग्राहकहरुलाई  ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ । देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जाल मार्फत् आफ्ना ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्न टिभिएसले आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री