जापानी मन्त्री संसदीय बैठकमा ३ मिनेट ढिलो पुगेपछि राजीनामा माग

जापानका ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री योशीताका साकुरादा संसदीय बैठकमा ढिलो पुगेपछि विपक्षी सांसदहरुले बैठक बहिस्कार गरेका छन् ।

Advertisement

बिहिबार बजेट समितिको बैठकमा मन्त्री साकुरादा ३ मिनेट ढिलो पुगेपछि उनीहरुले कार्यालयप्रति अपमान गरेको भन्दै बिरोध स्वरुप पाँच घण्टा बैठक बहिष्कार गरेका हुन् ।

मन्त्री साकुरादाले श्रृंखलाबद्ध रुपमा गल्ती गरेको विपक्षी सांसदहरुले आरोप लगाएका छन् । उनी विवादास्पद अभिव्यक्तिका कारण बारम्बार विवादमा आइरहेका छन् ।

उनले गत साता पौडीबाज रिकाको इकिलाई ल्युकेमिया रोग लागेको कारण आफू दुखी भएको अभिव्यक्ति दिएपछि उनको आलोचना भएको थियो । उनले भनेका थिए, ‘सन् २०२० को टोकियो गेम्समा उनले स्वर्णपदक ल्याउने सम्भावना थियो । उनीप्रति हाम्रो ठूलो आशा थियो । म निराश भएको छु ।’

उक्त अभिव्यक्तिपछि उनले क्षमा पनि मागेका थिए ।

Advertisement

साथै, सन् २०१६ मा पनि उनले दोस्रो विश्व युद्धताका जापानी सैनिकलाई मनोरञ्जन गराउन बाध्य पारिएका कम्फर्ट विमेन भनिने महिलाहरूलाई व्यावसायिक वेश्याको संज्ञा दिएपछि आलोचित बनेका थिए।

गत वर्ष साइबर सुरक्षा मामिलाको समेत जिम्मेवारी सम्हालेका साकुरादाले आफूले कहिल्यै कम्प्युटर नचलाएको र सधैँ कर्मचारीको सहयोग लिने गरेको बताएका थिए।

विपक्षीहरूले बारम्बार उनको राजीनामा माग गरेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री