शनिबार, २२ वैशाख २०८१

‘सन्नी लियोनी’ ले टप गरिन् इन्जिनियरिङ परीक्षा

समयपोष्ट २०७५ फागुन १० गते १४:३०

Advertisement

बिहारमा जुनियर इन्जिनियरिङ परीक्षामा ‘सन्नी लियोनी’ ले शीर्ष स्थान हासिल गरेकी छिन् ।

भारतिय मिडियाका अनुसार कसैले ठट्टा गर्दै यो नामबाट आवेदन दिएका थिए । आधिकारिक वेबसाइटमा जारी गरिएको ड्राफ्ट मेरिट लिस्टमा सन्नी लियोनीको नाम पहिलो स्थानमा छ ।

बिहारको पब्लिक हेल्थ इन्जिनियरिङ डिपार्टमेन्टका अनुसार यो सूची सिस्टम जेनेरेटेड हो र अन्तिम सूचीमा यो सुधारिनेछ । विभागले अनुसार अनलाइन आवेदन सुविधाको दुरुपयोग गर्ने व्यक्रिमाथि कडा कारवाही हुने बताएको छ ।

सोसल मिडियामा यो खबर भाइरल भएपछि सन्नी लियोनीले पनि ट्वीट गरेर यसमा चासो देखाएकी छिन् । उनले ट्वीट गरिन्, ‘हाहा, दोस्री सन्नीले यति राम्रो अंक प्राप्त गरेकोमा म निकै खुसी छु ।’

Advertisement

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री