शनिबार, २२ वैशाख २०८१

बलिउड प्रवेशअघि यस्तो थियो नेहा कक्कडको लुक्स

समयपोष्ट २०७५ फागुन १० गते १३:३२

Advertisement

बलिउडकी चलेकी गायिका हुन् नेहा कक्कड । भर्खरै मात्र रिलिज भएको फिल्म ‘सिम्बा’ को ‘आँख मारे….’ गीतले निकै चर्चा बटुलेको छ ।

नेहाको लुक्सको कुरा गर्दा बद्लिँदो समयसँगै उनी पनि निकै परिवर्तित भएकी छिन् । कुनै समय नेहा कालो वर्णकी थिइन् र मोटी पनि । अहिले नेहा कक्कडका केही पुराना तस्बिर पुनः सार्वजनिक भइरहेका छन् जसमा उनलाई पहिचान गर्न नै मुश्किल छ ।

इंडियन आइडलकी प्रतियोगी समेत रहेकी उनले चार वर्षको उमेरदेखि संगीत सिक्न सुरु गरेकी हुन् । जब नेहा ११ कक्षामा थिइन् तब उनले इन्डियन आइडलमा भाग लिएकी थिइन् । यद्यपी, उनी त्यसमा धेरैसम्म टिक्न सकिनन् । नेहाले आफ्ना दाइ टोनी कक्कड र दिदी सोनू कक्कडसँग तालिम लिएकी थिइन् । नेहा करियरको सुरुवाती दिनमा आफ्ना दाइ–दिदीसँग जगरातेमा भजन गाएकी थिइन् ।

Advertisement

नेहाले बिशेषत युट्युबबाट चर्चा बटुलेक हुन् । सन् २००८ मा नेहाले आफ्नो एल्बम ‘नेहा द रक स्टार’ रिलिज गरिन् । यो एल्बमलाई मीत ब्रदर्सले कम्पोज गरेका थिए । नेहाले बलिउडलाई विभिन्न चर्चित गीत गाइसकेकी छिन् । उनका ‘वो एक पल, सेकेन्ड ह्यान्ड जवानी, एसआरके एन्थन, शैतान, जादूकी झप्पी, बोतल खोल, मनाली टेरेन्स, घतिंग नाच, पार्टी शोज बिन्दास, आओ राजा, सनी सनीm लण्डन ठुमकदा र जादुकी झप्पी’ जस्ता गीत चर्चित छन् ।

हाल नेहा बलिउडकी महँगी गायिकामा गनिन्छिन् । उनले एउटा गीतको लागि १० देखि १५ लाख भारु लिन्छिन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री