शुक्रबार, १४ वैशाख २०८१

जुम्लामा पुग्यो पाठ्यपुस्तक

समयपोष्ट २०७५ फागुन १० गते १२:३९

Advertisement

विगतका वर्षमा पाठ्यपुस्तकको समस्या हुँदै आएको जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ । सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रको डिपो कार्यालयमा पाठ्यपुस्तक पठाएपछि जुम्लाका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगेको हो ।

नयाँ शैक्षिकसत्रको शुरुआत भएसँगै फागुन १५ सम्ममा जुम्लाका सम्पूर्ण विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने उद्देश्यले डिपो कार्यालयले माघ मसान्तमै पाठ्यपुस्तक उठाएपछि समयमै यो वर्ष जुम्लामा आइपुगेको जिपी स्टेशनरी जुम्लाका सञ्चालक गणेशबहादुर रोकायाले बताए ।

जुम्लामा अहिलेसम्म कक्षा ६ देखि १० सम्मका ८०० सेट र कक्षा १ देखि ५ सम्मका ८०० सेटका सम्पूर्ण पाठ्यपुस्तक आइपुगेको रोकायाले जानकारी दिए । कक्षा ६ देखि १० का पाठ्यपुस्तकहरु प्रदेश सरकारबाट आउने र १ देखि ६ सम्मका पुस्तक निजी प्रकाशनबाट आउने गरेको रोकायाले बताए । १ देखि ५ सम्मका ४०० सेट मौज्दात रहेको उनको भनाइ छ ।

जुम्लामा विद्यालय भर्ना अभियानसँगै विद्यालय खुल्ने क्रम जारी रहेकाले यो वर्ष पर्याप्त मात्रामा समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीलाई पठनपाठनमा सहज हुने भएको छ । जिल्लामा जिपी स्टेशनरीले पुस्तक खरीदको जिम्मा लिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका प्रमुख महेशदत्त देवकोटाले विगतका वर्षजस्तै पुस्तकबाट विद्यार्थीलाई समस्या नहुने बताए । केही दिनभित्र जुम्लाका सम्पूर्ण विद्यालयमा सममयै पुस्तक जाने उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री