बिहीबार, १५ चैत २०८०

‘राजनीतिक झाँक्रीहरुका अवरोधका कारण आर्थिक समृद्धि र विकास अवरुद्ध भयो’ 

समयपोष्ट २०७३ फागुन १४ गते १२:११

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालको आर्थिक विकास र समृद्धि हुन नसक्नुमा राजनीतिक झाँक्रीहरुको अवरोध मुख्य समस्या भएको बताएका छन ।

Advertisement

नयाँ शक्ति पार्टी, नेपालको प्रवास प्रादेशिक समितिले आयोजना गरेको ‘वैदेशिक रोजगारमा उत्पन्न समस्या र समाधान’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा। भट्टराईले सो कुरा बताएका हुन । उनले यो समस्या समाधानका लागि राजनीतिमा भिजन भएको नेतृत्व विकास गर्नुपर्ने र यस्तो नेतृत्वलाई सबै पक्षले सचेत ढंगले सहयोग गर्नुपर्ने बेला भएको बताए ।

डा. भट्टराईले नेपालीहरु वैदेशिक रोजगारीमा जाँदा निकै समस्यामा परेको उल्लेख गर्दै अब दक्ष जनशक्ति नेपाल निर्माणमा लाग्नुपर्ने र त्यसको लागि राज्यले उचित व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गरे । उनले नेपालीहरुले वैदेशिक रोजगारीको शिलशिलामा निकै समस्या भोगेको बताउँदै समस्या समाधानमा राज्य नै बढी जिम्मेवार हुनुपर्ने बताए । विगतमा आफू प्रधानमन्त्री भएको बेलामा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको समस्या समाधानका निम्ति सक्दो प्रयास गरेको बताउँदै डा। भट्टराईले पछिल्लो समयमा सरकारले त्यति पनि गर्न नसक्नु दुःखद् कुरा भएको बताए ।

उनले हाल नेपालको अर्थतन्त्र निर्वाहमुखी कृषि प्रणाली मात्रै भएको भन्दै अब अब कृषिलाई आधुनिकीकरण गरेर उत्पादन र रोजगारमुखी कृषि प्रणाली अवलम्बन गर्नुपर्ने बताए । उनले युवा शक्ति विदेशीकै कारण देश विकास हुन नसकेको तीतो यथार्थता नेपालीहरुको रहेको तर अब विकास र समृद्धिलाई केन्द्रमा राखेर श्रमशक्ति नेपालकै विकास र समृद्धिमा लगाउने उद्देश्यका साथ नयाँ शक्ति पार्टी नेपालले काम गरेको हुँदा सबै नेपालीले नयाँ शक्तिलाई साथ र सहयोग गर्न समेत डा। भट्टराईले आग्रह गरे।

उनले नेपाली दक्ष, अर्धदक्ष र अदक्ष जनशक्ति लाखौंको संख्यामा विदेशिनु परेको विद्यमान अवस्थाको अन्त्य गर्नका लागि पुँजी भित्र्याएर नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने र आयात भन्दा निर्याततर्फ जोड दिनुपर्ने बताए । विशाल अर्थतन्त्र र जनसंख्या भएका दुई छिमेकी मुलुकको बीचमा रहेको नेपालको विकास र समृद्धिको ठूलो सम्भावना रहेको उल्लेख गर्दै डा। भट्टराईले १०र१५ वर्षभित्रै नेपालको विकास र समृद्धि नयाँ उचाईमा उठन सक्ने सम्भावना रहेको भन्दै अब राजनीतिक रुपमा समेत नेपालीहरुले सचेत ढंगले पहलकदमी लिनुपर्ने बताए ।
नयाँ शक्ति पार्टी नेपाल प्रवास प्रादेशिक समितिका संयोजक नवराज सुवेदीले प्रस्तुत गरेको कार्यपत्रमा राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठक र नयाँ शक्ति पार्टी, नेपालका उत्पादन तथा स्वरोजगार विभाग प्रमुख डा। प्रदीपमान तुलाचनले टिप्पणी गरेका थिए ।

कार्यपत्रमा टिप्पणी गर्दै राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त पाठकले अहिले मानव अधिकारको क्षेत्रमा सबैभन्दा जटिल मुद्दा भनेकै वैदेशिक रोजगारीमा देखिएको समस्या नै भएको बताए । त्यसैले राष्ट्रिय मानव अधिकार आयोगले यस विषयलाई उच्च महत्वका साथ हेरिरहेको भन्दै सबैले आ–आफ्नो जिम्मेवारी आ–आफ्नो ठाउँबाट पूरा गर्ने हो भने यसको समाधान सहज हुने भन्दै वैदेशिक रोजगारीमा जाने वातावरणको अन्त्य गर्दै नेपालमै रोजगारीको व्यवस्था गराउनु पर्ने बताए ।

त्यसैगरी कार्यपत्रमा टिप्पणी गर्दै अर्का वक्ता एवं नयाँ शक्तिको उत्पादन तथा स्वरोजगार विभाग प्रमुख डा. तुलाचनले वैदेशिक रोजगारीमा देखिएको समस्याको समाधान भनेको मुलुकमै रोजगारीको उचित व्यवस्थापन नै भएकोमा जोड दिए। उनले नेपालमा रोजगारीका अथाह सम्भावना रहेको बताउँदै कृषि र जलस्रोतबाट नेपालमा लाखौ रोजगारी सिर्जना गर्न सकिने धारणा व्यक्त गरे ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री