शनिबार, ८ वैशाख २०८१

अमेरिकामा गोली चल्यो,एक भारतीयको मृत्यु,दुई जना घाईते

समयपोष्ट २०७३ फागुन १३ गते ८:१२

अमेरिकाको कंसास स्थित एक बारमा भारतीय इञ्जिनियर श्रीनिवास कुचीभोतला माथि गोली प्रहार भएको छ । गत मंगलबार ओलेथमा रहेको अस्टिन बार एंड ग्रिलमा भएको उक्त घटनामा बत्तिस बर्षिय कुचीभोतलाको मृत्यु भएको छ । हमलाकारीले मेरो देशबाट निक्लिहाल भन्दै गोली चलाएको न्यूयोर्क डेलीको रिपोर्टमा उल्लेख गरिएको छ । घटनामा कुचीभोतलाका ३२ बर्षिय साथी आलोक मदसानी इयान र २४ बर्षिय अमेरिकी नागरिक ग्रिलट घाईते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । गोली चलाउँने ५१ बर्षिय एडम पुरिन्टन रहेको प्रहरीले जनाएको छ । 

Advertisement

adamfतस्विरमा आरोपि एडम पुरिन्टन
एजेन्सी
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री