शनिबार, १५ वैशाख २०८१

निर्माणाधिन अन्नपूर्ण केवलकारमा सनरार्इज  र राष्ट्रिय वाणिज्य बैंकको सहवित्तियकरण

समयपोष्ट २०७३ फागुन १३ गते ३:२६

पोखरामा निर्माणाधिन अन्नपूर्ण केवलकारमा सनरार्इज बैंक र राष्ट्रिय वाणिज्य बैंकको सहवित्तियकरणमा ६६ करोड रुपैयाँ लगानी गर्ने भएका छन्।
 विहिवार ऋण लगानीका लागि अन्नपूर्ण केवलकार प्रालि र बैंकबीच सम्झौंता भयो।
८९ करोड ६० लाख रुपैयाँमा व्यवसायी कालु गुरुङ र जापानी मूलका नेपाली नागरिक टाकासी मियाहाराले निर्माण सुरु गरेका हुन्। कास्कीको सराङकोट गाविसमा निर्माण हुन लागेको यो केवलकारको भूमीपूजा भएर निर्माण सुरु भइसकेको छ।
पोखराको सेदीबगरदेखि सराङकोटसम्म साढे दुर्इ किलोमिटर लामो केबलकार चल्नेछ। गुरुङ समूहको ८५ र जापानी समूह मियाहराको १५ प्रतिशत लगानी छ। जापानी समूहमा टाकासी मियाहराको लगानी छ।  जापानी कम्पनी निप्पोनको प्रविधिबाट बन्ने केबलकारमा १६ देखि ३६ डिब्बा रहनेछन् । २ हजार १ सय मिटर दुरीमा १४ वटा पोल रहने केबलकारमा ७ देखि ९ मिनेटसम्मको यात्रा हुनेछ।
 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री