शुक्रबार, ७ वैशाख २०८१

स्थानीय तहको निर्वाचनपछि देश र जनताको मुहार बदलिनेछ :प्रधानमन्त्री

समयपोष्ट २०७३ फागुन १० गते ८:३८

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनपछि देश र जनताको मुहार फेरिने बताएका छन् । दिवङ्गत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिल नेपालको कार्यालय परिसरमा निर्मित पत्रकार स्मृति स्तम्भको अनावरण गर्दै प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचनपछि देशको मुहार र जनताको जीवन बदलिने बताएका हुन् । 

Advertisement

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘तर, जनतालाई आम रुपमा त्यसको त्यति ठूलो सरोकार हुँदैन, जनताले आफ्नै जीवन र परिणाम हेरेर परिवर्तन अनुभूत गर्छन् । अहिलेको सन्दर्भमा जनताको मन छुने विषय स्थानीय निर्वाचन नै हो ।’

प्रचण्डले सबै राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था र सञ्चार क्षेत्रलाई अभियानको रुपमा निर्वाचनमा लाग्न आग्रह समेत गरे । प्रचण्डले स्थानीय तहलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार दिएकाले संघीयताको प्रभाव शशक्त हुने बताए ।

उनले भने, ‘निर्वाचनपछि जनताले नागरिकता, पासपोर्ट, लालपुर्जा आफ्नै आँगनमा पाउँछन्, आफैले आफ्नो साधन र स्रोतको परिचालन गर्छन्, त्यसपछि बल्ल उनीहरुले गणतन्त्र र संघीयताको वास्तविक महत्व बुझ्छन् र त्यसको स्वामित्व लिन्छन् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री