शुक्रबार, १६ चैत २०८०

जहाँ औषधी बनाउँन बिरामीहरुलाई मार्ने गरिन्छ 

समयपोष्ट २०७३ फागुन ९ गते ७:५७

अन्धविश्वास मान्छेलाई के गर्न मात्र प्रेरित गर्दैन होला । यस्तै अफ्रिकामा एल्बिनो नामक बिरामीबाट पिडित ब्यक्तिहरुको साथ भैरहेको छ । अफ्रिकाको ताञ्जानियामा यो बिरामीबाट पिडित बाल बालिका देखि लिएर सबै उमेर समुहका ब्यक्तिहरुलाई मारेर उनीहरुको शरीरका अंगहरु बेचबिखन हुने गरेको छ । 
एल्बिनो रोगका रोगिहरुको शरीरमा यस्ता चमत्कारिक तत्वहरु हुने जसले एड्स देखि अन्य भयानक रोगहरुबाट समेत बचाउँने अन्ध विश्वासका कारण यि रोगका विरामीहरु मारिने गरेका हुन् । यस्ता बिरामीहरुको अपहरण गरि मार्ने र औषधी बनाउँने कारखानालाई यि बिरामीहरुको शरीरको अंग बेच्ने गरिन्छ । जब शरीरका सबै अंगहरु निकालिन्छ त्यसपछि क्षतबिक्षत भएको शरीर फ्याक्ने गरिन्छ । 

Advertisement

1f
हालसम्म यि विरामीको शरीरका अंगबाट बनेका औषधीको प्रभावकारीताको बारेमा कुनै पनि तथ्य फेला परेको छैन । र पनि यि अबैधानिक कार्यहरु यि मुलुकहरुमा खुले आम हुने गरेका छन् । जुन औषधीमा एल्बिनो बिरामीका अंगहरु मिलाईएका हुन्छन् तिनीहरुको मुल्य लार्खौ पर्ने गरेको छ । यस्ता औषधी अफ्रिकी मुलुकका धनाढ्य ब्यक्तिहरुले किन्ने गरेका छन् । 
एल्बिनो रोगबाट पिडित मानिसहरुको शरीरमा मेलेनिन कम हुने हुँदा यस्ता बिरामीहरुलाई क्यान्सर हुने सम्भावना अधिक हुने गर्छ । यो रोगबाट पिडित ब्यक्तिहरु तिस बर्ष भन्दा बढी बाँच्दैनन् । ताञ्जानियामा एल्बिनो रोगका बिरामीहरु अलि बढी हुने गरेका छन् । औषधीको लागि यिनीहरु माथि हुने गरेको आक्रमणका कारण हाल यि रोगका विरामीहरुलाई शरणार्थी शिविरमा राख्ने गरिएको छ । 

3f

प्रतिक्रिया

सम्बन्धित सामाग्री