शुक्रबार, १४ वैशाख २०८१

हिसानको अध्यक्षमा रमेशकुमार सिलवाल सर्वसम्मत

समयपोष्ट २०७३ फागुन ९ गते ६:५४

हिसानको अध्यक्षमा गोल्डेन गेट कलेका प्रमुख रमेशकुमार सिलवाल चयन भएका छन् । राजधानीमा भएको विशेष भेलाले सिलवाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । त्यस्तै महासचिव पदमा भने जेभियर इन्टरनेशनलका कार्यकारी निर्देशक लोकवहादुर भण्डारी चयन भएका छन् । बरिष्ठ उपाध्यक्षमा युवराज शर्मा र नवराज पाण्डे चयन भएका छन् । १३ जना उपाध्यक्षमा भेषराज पोखरेल, टंकप्रसाद आचार्य, उमेश थापा, रामेश्वर अर्याल, शेरवहादुर गुरुङ, जीवनप्रकाश शर्मा, सुरेन्द्र प्रसाद सिंह, स्वागत श्रेष्ठ, विनोद साह, धरणिधर अधिकारी, इश्वरप्रसाद पोखरेल, मनिष सिंह र सिवि चन्द्र चयन भएका छन् । 

Advertisement

त्यस्तै सचिवहरुमा कपिल रेग्मी, हरिचन्द्र लामिछाने, जयराम खनाल, ऋषि तिवारी, रामहरि सिलवाल, राजेन्द्र अधिकारी र दिपेन्द्र भण्डारी चयन भएका छन् । कोषाध्यक्षमा तीर्थ पोखरेल र सहकोषाध्यषमा दिपक रावत चयन भएका छन् । 

यसअघि हिसान उच्च माविहरुको मात्र संगठन रहेकोमा अब नयाँ शिक्षा नीति अनुसार कक्षा १ देखि १२ सम्म उच्च मावि भएपछि विद्यालयदेखि विश्वविद्यालयसम्मका सबै संस्थाहरु हिसानमा समेटिएका छन् । विद्यालय सञ्चालकहरुमात्रको संस्था प्याव्सन र एनप्याव्सन भने स्वतन्त्र अस्थित्वमै रहने बताइएको छ ।

यसैगरी हिसान भेलाले शिक्षा क्षेत्रका बरिष्ठ व्यक्तिहरु रहेको निर्देशक समिति समेत गठन गरेको छ । समितिमा उमेश श्रेष्ठ, बाबुराम पोखरेल, माधवप्रसाद बराल, शिवदत्त ज्ञवाली, रामचन्द्र आचार्य, शिवहरि मुडभरी र विरेन्द्रकुमार शाह रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री