मंगलबार, ११ वैशाख २०८१

आयल निगमले ढुवानी बिनियमावली संशोधन गर्यो, ट्याकंरबाट तेल हराए वा चोरिएमा दोब्बर जरिवाना तिर्नुपर्ने

समयपोष्ट २०७३ फागुन ९ गते ५:४७

नेपाल आयल निगमले ढुवानी बिनियमावली संशोधन गरेको छ । संसोधित विनियमावली अनुसार ट्यांकर चालकले देखाउने गरेको दावीयोग्य नोक्सानीलाई ढुवानी भएको कुल तेलको ०.२५ प्रतिशत मात्रै हुनुपर्ने गरी झारिएको छ । त्यसभन्दा बडी तेल ट्याकंरबाट हराए वा चोरिएमा जरिवाना स्वरुप दोब्बर तेल वा सोही बराबरको रकम निगमलाई भुक्तानी गर्नुपर्ने ब्यवस्था संसोधित विनियमावली मा गरिएको छ । तेल ढुवानीका क्रममा हुने चोरी रोक्न ल्याईएको सो नयाँ नियममा १ लाख लिटर तेल ढुवानी गर्दा २५० लिटरभन्दा बढी तेल हराएमा ५ सय लिटर तेल वा सो बराबरको जरिवाना रकम भुक्तानी गर्नुपर्नेछ । 

Advertisement

यसैगरी नेपाल आयल निगमले लयाएको नयाँ नियमको विरोधमा ट्यांकर चालकहरुले आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले क्लेमेबल लस’ बापतको तेलको रकम निगमलाई भुक्तानी गर्न तयार भएपनि नोक्सानीको सीमा तोकेर दोब्बर जरिवाना तिर्नुपर्ने गरी ल्याइएको नियम मान्य नहुने बताएका छन् । निगमले निर्णय फिर्ता नलिए फागुन १५ गतेबाट तेलको ढुवानी रोक्ने चेतावनी ट्यांकर चालकहरुले दिएका छन् । यसअघि दाबीयोग्य नोक्सानी जति भए पनि ट्यांकर चालकहरुले सो रकमको भुक्तानी पाउँने गरेका थिए । असहज परिस्थितीमा कतिपय ट्यांकर चालकले बाटोबाटै तेल कालो बजारी गर्दै बेच्ने गरेका थिए । चालकहरुले हराए बराबरको तेलको भुक्तानी निगमलाई दिएर डिपोमा नआइपुग्दै महंगोमा तेल बेच्दा बेला-बेलामा निगमलाई तेलको आपूर्ति तथा वितरणमा असहज हुने गरेको छ । त्यस्तै निगमले एउटा मात्रै ट्यांकर हुनेहरुले बढी बदमासी गरिरहेको निश्कर्ष निकाल्दै एउटा ट्यांकरधनीसँग ५ वटा ट्यांकर हुनै पर्ने नियम समेत ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री