शनिबार, १५ वैशाख २०८१

‘ब्याजदर निरन्तर बढिरहे अर्थतन्त्रले दुखान्त भोग्छ’ 

समयपोष्ट २०७३ फागुन ६ गते ८:३९

कृषि विकास बैंकको पछिल्लो वित्तिय अवस्था कस्तो छ ?

Advertisement

सबै वित्तिय परिसुचकहरू अत्यन्तै स्वस्थ छन् । प्रोफिट्याबिलिटी राम्रो बढेको छ । अर्निग पर सेयर राम्रो छ । अरू बैंकको तुलनामा सबैभन्दा राम्रो रिजर्भ छ । एनपीएल घटेर अहिले ३.५ प्रतिशतमा आइसकेको छ । यो त्रैमासमा गत वर्षको तुलनामा नाफा पनि २५ प्रतिशतले वृद्धि भएको छ । त्यसरी हेर्दा आउटस्ट्यान्डिङ कर्जा हामीले बढाएका छौं । अलिकति समस्या भनेको रिसोर्स मोबिलाइजेसनमा छ । देशको आर्थिक अवस्थाको कारणले सबै बैंकहरूमा डिपोजिट सिडी रेसियो मेन्टेन गर्न बैंकहरूलाई कठिनाइ भइरहेको अवस्था छ । बैंकिङ क्षेत्रमा खासगरी केही ठूला सरकारी कारोबार गर्नेबाहेकको परिस्थितिमा सिडी रेसियो मेन्टेन गर्न कठिन भइरहेको अवस्था छ । त्यसको स्वाभाविक प्रभाव कृषि विकास बैंकमा पनि परेको छ । यति हुँदाहुँदै साह्रै ठूलो क्राइसिस नै परेको भने होइन । यस्तै भूकम्प, तराई बन्दलगायतको दीर्घकालीन असर हुँदाहुँदै पनि बैंकिङको आफ्नै रणनीतिको कारण अहिले बैंक आर्थिक इन्डिकेटरका रूपमा सबल रूपमा आएको छ । हाम्रो नेटवर्क, अर्निग पर सेयर राम्रो छ । क्यापिटल विगत वर्षको तुलनामा बढेर १७ प्रतिशतको हाराहारीमा ल्याउन सफल भएका छौं। यी सबै कुराहरूलाई हेर्दा सबै आर्थिक सूचकहरू सकारात्मक दिशातिर अगाडि बढेका छन् । 

राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पुँजी कसरी पुर्याउँदै हुनुहुन्छ ?

गत साल हामीले बोनस सेयर दियौं । त्यसपछि २ः१ राइट सेयर इस्यु गर्यौं । अहिले पुँजी ५ अर्ब ९० करोड पुगिसकेको छ । त्यसमा २० प्रतिशत बोनस सेयर दियौं । त्यसले गर्दा झन्डै ७ अर्ब ८ करोड ७६ लाख पुँजी भइसक्यो । अब चालु वर्षको अन्तिममा २० प्रतिशत बोनस सेयर दिने क्यापिटल प्लान छ । त्योअनुसार दिँदा साढे ८ अर्ब क्यापिटल पुग्छ । पुँजी पुर्याउनु ठूलो कुरा भएन । बैंकहरू सबैले आफ्नो क्यापिटल प्लानअनुसार बढाउने नै भए । तर, त्यसको दीर्घकालीन प्रभाव अलि बढी संवेदनशील ढंगबाट अगाडि बढेको बैंकिङ क्षेत्रले अनुभव गरेको छ । खासगरी पुँजी वृद्धि गर्नु व्यवसायलाई जोखिम सस्टेन गर्ने एउटा उपाय त हो तर त्यसको अर्को इम्प्लिकेसन लगानी बढाउनुपर्ने, रिर्टन बढाउनुपर्ने प्रेसर बैंकलाई परेको छ । त्यसले गर्दा अहिलेको रिसोर्समा समस्या आएको त्यो पनि एउटा महत्वपूर्ण कारण हो । 

 lila prasad

एकैपटक चार गुणा पुँजी वृद्धिले नकारात्मक असर पार्छ भन्ने विश्लेषण पनि सुनिन्छ, यहाँलाई के लाग्छ ?

यसले अर्थतन्त्रमा सिधै प्रभाव पार्ने होइन । तर, साह्रै ठूलो प्रेसर बैंकिङ व्यवसायमा पार्छ । स्वाभाविक रूपमा पुँजी वृद्धि गर्नेबित्तिकै त्यसले रेट अफ रिटर्न बढी खोज्छ । त्यो भएपछि बैंकसँग अरू उपाय हुँदैन । उसले लगानी नै वृद्धि गर्नुपर्छ । लगानी वृद्धिमा बढेको चापले ओभरअल इकोनोमीमा पैसाको मूल्यवृद्धि हुन्छ । भन्नुको अर्थ रेट अफ इन्टरेस्ट बढ्छ । हाइकस्ट इकोनमी बैंकिङ जाने हो कि भन्ने सम्भावना छ, त्यसले गर्दा ब्याजदरमा निरन्तर वृद्धि हुने र इन्भेस्टरहरूले चर्को मूल्य चुकाउनुपर्ने हुन्छ । त्यसमा पनि कृषि विकास बैंकजस्तो संस्था जहाँ कम ब्याजदरमा सर्वसाधारण जनतामा आफ्नो रिसोर्स पुर्याउनुपर्ने संस्थाका लागि यो अझै बढी चुनौतीपूर्ण हुन्छ । ब्याजदर व्यापक रूपमा वृद्धि भयो भने इकोनोमी सस्टेनेबल हुन सक्दैन ।

खासगरी लगानी गर्न चाहने मानिस, उद्योगी, व्यवसायी, किसान यी सबैले चर्को ब्याज नै तिनुपर्ने हुन्छ । त्यसो हुँदा कस्ट अफ प्रडक्सन वृद्धि गर्ने त्यसले अल्टिमेट्ली मुलुकको सेन्ट्रल बैंकको फन्डामेन्टल अब्जेक्टिभ मनिटरी पोलिसीको रिफ्लेक्सनलाई वाञ्छित सीमाभित्र राख्ने केन्द्रीय बैंकको उद्देश्यमाथि पनि प्रभाव पार्छ । ब्याजदर बढ्नुको इम्प्लिकेसन केवल बैंकिङ व्यवसाय गर्ने बैंकहरूलाई मात्र होइन, सबै कन्जुमर, बरोअरदेखि लिएर अझ बृहत् रूपमा भन्ने हो भने केन्द्रीय बैंकलाई समेत प्रभाव पार्छ । यसले मूल्य स्फीतिलाई पनि वृद्धि गर्छ किनभने प्रडक्सनको मूल्य बढ्छ । जसले ऋण लिएर वस्तु तथा सेवा उत्पादन गर्छ, स्वाभाविक रूपमा ब्याजदर बढेपछि वस्तुको मूल्य बढ्छ । वस्तुको मूल्य बढिसकेपछि केन्द्रीय बैंकको इन्फेल्सनलाई सीमाभित्र राख्ने उद्देश्य हो । त्यो प्राप्तिका लागि कठिनाइ सिर्जना गर्छ ।  

lila prasad 3

विगतमा सस्तो ब्याजदरका कारण मानिसले अत्यधिक पैसा लगे त्यसले गर्दा पनि अहिले यो समस्या आएको भनिदै छ नि ?

बैंकसँग प्रशस्त पैसा छ भनेर अनफिजिबल प्रोजेक्टमा पैसा फाइनान्स गर्नुहुँदैन र त्यो बैंकले गर्दा पनि गर्दैन । अन्ततः बैंकको पैसा भनेको जनताको पैसा हो । जनताको पैसाको सुरक्षा गर्ने प्रमुख उद्देश्य बैंकको हुनुपर्छ । अलिकति अनुउत्पादक क्षेत्रमा जान सक्ने सम्भावना त रहन्छ तर त्यसलाई केन्द्रीय बैंकको रेगुलेटरी प्रभिजनद्वारा बन्देज लगाइएको छ । खासगरी रियल सेक्टरमा सर्टेन पर्सेन्टेजभन्दा जानुहुँदैन अथवा त्यसलाई कोर क्यापिटलसँग आबद्ध गरिएको छ । त्यहाँ पनि रेगुलेटरी कन्स्टेस्टहरू छन् । त्यसकारण बैंकले जथाभावी लगानी गरेर त्यस्तो समस्या आएको भन्ने कुरा सत्य होइन । बैंकमा जति पनि रिसोर्ससेसहरू जेनेरेट हुन्छ, त्यो निरन्तर विनारोकतोक इकोनोमीमै घुमिरहनुपर्छ । तबमात्र तरलता समस्या नहुने, डिपोजिट बैंकिङ सेक्टरमा जम्मा भइरहने हुन्छ । तर, कहीं न कहीं इन्टरप्सन भयो । नेपाल सरकारसँग ढुकुटीमा पैसा गएर बस्यो । त्यो पैसा चल्न पाएन । इकोनमीमा त्यसले खेल्नै पाएन । अर्को कुरा केन्द्रीय बैंकले पैसा आफैँ छापेर फ्याँक्ने होइन । कहीं न कहीं ब्यालेन्ससिटबाट पैसा आउनुपर्यो । त्यसको मतलब कि विदेशबाट, कि ऋणबाट, कि अनुदानबाट, कि रेमिट्यान्सबाट पैसा बेचेर आउनुपर्यो । कि नाफा कमाएर एक्सपोर्ट बढी गरेर आउनुपर्यो ।

यि सबैबाट रिसोर्स इकोनमीमा जेनेरेट भइरहन्छ । यिनै कुराहरूमा कहीं न कहीं समस्या भएको कारणले सर्टटम फेनोमेननका रूपमा अहिले अलिकति क्राइसिस भएको अवस्था हो । जस्तो इन्भेस्टमेन्ट प्रेसर भयो, त्यसले गर्दा पनि सिडिरेसियो मेन्टेन गर्न गाह्रो भयो । त्यसको मतलब तरलतामै त्यसले हानेको अवस्था होइन । आखिर पैसा कहीं गए पनि घुमेर बैंकिङ सेक्टरमा त आउँछ । तर, सिडिरेसियो भन्नु र तरलता भन्नु फरक चीज हो । सिडिरेसियो भनेको डिपोजिटको सर्टेन पर्सेन्टमात्र तपार्इंले क्रेडिटका रूपमा फ्लो गर्न सक्नुहुन्छ । त्यहाँ केन्द्रीय बैंकको बन्देज छ । कि त सिडिरेसियो केही न केही केन्द्रीय बैंकले घटाउनुपर्ने हुन्छ । अहिले ८० प्रतिशत छ भने कि त ७० प्रतिशत भन्न सक्नुपर्छ । त्यो पनि एउटा उपाय हुन सक्छ । तर, अब त्यो प्रोडेन्सियल रेगुलेसनको प्रस्पेक्टिभबाट केन्द्रीय बैंकले हेर्दा सर्टटममा प्रब्लम भयो भन्नेबित्तिकै यस्तो फन्डामेन्टल इन्डिकेटरलाई इमिडियट केन्द्रीय बैंकले चलाउँछ कि चलाउँदैन त्यो आफ्नो ठाउँमा छ । तर, सामान्य रूपमा हुनुपर्ने के हो भने एउटा स्वस्थ इकोनोमीमा जति रिसोर्स जेनेरेट हुन्छ, त्यो निरन्तर इकोनोमीमा घुमिरहनुपर्छ । त्यो भयो भनेमात्र त्यसले दीर्घकालीन समस्याको समाधान गर्छ । 

कृषि विकास बैंकको यस वर्षका योजना के छन् ?

कृषि विकास बैंक आधुनिक बैंकिङको कन्सेप्टबाट अगाडि बढिरहेको छ । अन्य वाणिज्य बैंकहरू जो मोर्डन बैंक भनिरहेका छन्, ती बैंककै हाराहारीमा हाम्रा बैंकिङका प्रडक्टहरू अगाडि आउनुपर्छ भनेर हामीले कोसिस गरिरहेका छौं। त्यही सन्दर्भमा इ–बैंकिङमा हाम्रो बैंक निकै अगाडि बढेको छ । एसएमएस सेवा सुरु भइसकेको छ । अब हामी करिब–करिब मोबाइल बैंकिङको फाइनल स्टेजमा आइपुगेका छौं। यो महिनाभरि हाम्रो फुलफ्लेज मोबाइल बैंकिङ अपरेट हुन्छ । त्यसपछि हामी भिजा कार्ड माघ ७ गतेभन्दा अगाडि नै ल्याउने प्रयासमा छौं। इन्टरनेट बैंकिङ पनि हामी तुरुन्तै सुरु गर्छौं । यति काम गर्नेबित्तिकै कृषि विकास बैंक अरू कुनै आधुनिक बैंक भनिएका बैंकभन्दा कम हुँदैन र सम्पूर्ण रूपमा अत्याधुनिक प्रविधिसहितको फुल बैंकिङ बिजनेस अपरेट गर्छौं । अर्को कुरा अझै पनि दूरदराजमा रहेका हाम्रा बैंकहरू हाम्रो कोर बैंकिङ सिस्टममा आबद्ध गर्न सकेका छैनौ ।

lila prasad 1

हाम्रो दुई सय पचासभन्दा बढी ब्रान्च अफिसहरू छन् । हामी यस आर्थिक वर्षभित्र दुई सय ब्रान्चमा सिबिएस फुलफ्लेज जडान गर्छौ । अर्को वर्ष सम्पूर्ण हाम्रा शाखाहरू कोर बैंकिङ सिस्टममा आबद्ध हुन्छन् । त्यति भइसकेपछि कृषि विकास बैंक एकमात्र बेस्ट आधुनिक बैंक हुन्छ । कहीं कतै कसैसँग कम्प्रमाइज गरिरहनुपर्ने अवस्था रहँदैन । कृषि विकास बैंक स्वर्ण जयन्ती मनाउने तर्खरमा छ । अब बैंक ठीक ठाउँमा आइसकेको छ भन्नेमा हामी विश्वस्त छौ । सम्पूर्ण नन्फाइनान्सियल इन्डिकेटरहरू पनि अत्यन्त गुणात्मक रूपमा परिवर्तन गरेका छौं। खासगरी ह्युमन रिसोर्स म्यानेजमेन्टमा सम्पूर्ण ट्रान्सफरेन्स सिस्टम एडप्ट गरिसकेका छौं। सम्पूर्ण ह्युमन क्यापिटल स्वतन्त्र बजारबाट बृहत् प्रतिस्पर्धाका आधारमा अत्यन्त ट्रान्सपरेन्ट ढंगबाट इन्जेक्ट गरिसकेका छौं। सम्पूर्ण कर्मचारीहरूको करिअर डिभेलप्मेन्टको जुन पाथ हो त्यसलाई अनइन्टरप्टेड कन्टेनियस प्रोसेसका रूपमा अगाडि बढाइसकेका छौं। इन्टर कन्ट्रोल सिस्टमका मेकानिजम बलियो बनाइएको छ । 
आईटीमा व्यापक परिवर्तन र थप सेक्युरिटी प्रयासहरू हामीले गरिसकेका छौं। यी सबै हामीले कार्यान्वयन नै गरिसकेका छौं। हाम्रो बैंकमा सबैभन्दा ठूलो समस्या रिकन्सिलेसनको समस्या थियो त्यो करिब–करिब ८० प्रतिशत रिजल्भ भएको छ । आगामी असार मसान्तसम्ममा त्यसलाई सम्पूर्ण रूपमा रिजल्भ गर्छौं । त्यति भएपछि बैंकमा कुनै पनि समस्या रहँदैनन् । कृषि विकास बैंक साउन्ड, हेल्दी, इफिसियन्ट र वान अफ द बेस्ट कम्पिटेटिभ बैंकका रूपमा अगाडि आउँछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री