बिहीबार, १३ वैशाख २०८१

फागुन १२ देखि १६ गतेसम्म तेस्रो अन्तर दोहोरी साँझ स्तरिय गोल्डेन ओक ‘रनिङ् सिल्ड’ प्रतियोगिता हुने 

समयपोष्ट २०७३ फागुन ६ गते ८:०५

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठिन नेपालले यही फागुन १२ देखि १६ गतेसम्म तेस्रो अन्तर दोहोरी साँझ स्तरिय गोल्डेन ओक ‘रनिङ् सिल्ड’को आयोजना गर्ने भएको छ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा प्रतिष्ठिनले पत्रकार सम्मेलन गरेर लोक संस्कृतिको सम्बद्र्धन र प्रतिष्ठानको निजी भवन निर्माणको उद्देश्यले प्रतियोगिता गर्न लागिएको जानकारी दिएको छ।
प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले लोक संस्कृतिको संरक्षण, नयाँ प्रतिभाहरुलाई प्रोत्साहन र भवन निमार्णको लागि उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको बताए।
उनले भने,‘विगत तीन बर्षदेखि हामी यो प्रतियोगिता गर्दै आईरहेका छौँ, प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्माको परिकल्पनामा सुरु भएको प्रतियोगीताको यो निरन्तरताको स्वरुप हो, हिजोका दिनमा जुन तरिकाले सभ्य र भव्य तरिकाले सम्पन्न भएको थियो, यसपाली पनि विगतको भन्दा भब्य तरिकाले सम्पन्न गर्ने लक्ष्य राखेका छौँ।’ पँगेनीले अघि थपे,‘यो प्रतियोगीतामा देशभरबाट ३० समुहको सहभागिता रहेने छ, अघिल्ला बर्षको भन्दा यो उपस्थिति बाग्लो हो ।’ 
पंगेनीले भने,‘राज्यलाई लोक संस्कृतिको संरक्षण गर्नको लागि दवाफ दिईरहेका छौँैँ, हामीले धेरै पटक भनिसकेका छौँ, अब हामी रुन मात्रै बाँकी छ, नेपाली गीत संगीतमाथि बिदेशी गीतको प्रभाव बढ्दै गईरहेको छ, यही स्थिति रहने हो भने, हामीले यस समयमा हाम्रो संस्कृतिको रक्षा गर्न सकेनौँ भने लोकगीत सुन्नको लागि हाम्रा पुस्ताले कि बर्मा जानु पर्नेछ कि त दार्जिलिङ जानुपर्ने हुनसक्छ, म दुःखका साथ भन्छु हाम्रा क्रियाकलापको बारेमा सञ्चारकर्मीले त्यति स्थान नदिएको हो कि भन्ने महसुस भएको छ, यसलाई असत्यमा बदल्नको लागि पत्रकार लाग्नु हुनेछ।’
यस अघिका प्रतियोगिता कुनै राजनीतिक दल वा सम्बन्धित मन्त्रीले उद्घाटन गर्ने गरेको भएपनि यसपालि फरक वर्गको प्रमुख आतिथ्त्यमा कार्यक्रमको उद्घाटन गरिने समेत आयोजकले जनायो। पंगेनीले भने,‘हामीसँग सम्बन्धित सबैलाई प्रमुख आतिथ्त्यको लागि आग्रह गर्यौँ तर कसैले समय दिनुभएन्, अब हामी बाटोमा बसेर मकै पोल्ने आमा होउन या तरकारी बेच्ने बाबा, या त दुध बेच्ने कृषक किन नहोस् या हामीलाई माया गर्ने किन नहोस् त्यस्तो मानिसको हातबाट यो प्रतियोगिताको उद्घाटन गर्नेछौँ।’
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५ हजार, दृतिय हुनेलाई ७५ हजार, तृतिय हुनेलाई ५० हजार, सान्त्वना २५ हजार धनराशिसँगै ताम्रपत्र र मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ। 
त्यसैगरि उत्कृष्ट गायक–गायिकालाई १५ हजार रुपैयाँ प्रदान गरिने र बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रम साँझ ५ बजेसम्म चल्ने र साँस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहने पंगेनीले जानकारी दिए । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री