शुक्रबार, १४ वैशाख २०८१

एशियन लाईफ इन्स्योरेन्सले २१ प्रतिशत लाभांशपछि ५० प्रतिशत हकप्रद निष्काशन गर्ने

समयपोष्ट २०७३ फागुन ५ गते ४:५९

एसियन लाइफ इन्स्योरेन्स कम्पनीले २१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर र एक दशमलब शुन्य ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।

Advertisement

त्यस्तै कम्पनीले बोनस सेयर जारी गरेपछि हुने चुक्ता पूँजीको २ बराबर एक अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ । यी दुबै निर्णयलाई बीमा समितिको अनुमति लिएर आगामी साधारण सभामा पेश गरिनेछ । साधारण सभाले पारित गरेपछि लगानी कर्ताले सो मात्रामा लाभांश र हकप्रद सेयर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री