मंगलबार, ४ वैशाख २०८१

स्ट्याण्डर्ड चार्टर्ड बैंकले पायो आश्वा प्राणलीको सदस्यता

समयपोष्ट २०७३ फागुन ५ गते ४:५३

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आश्वा प्राणलीको सदस्यता प्राप्त गरेको छ । बुधबार नेपाल धितोपत्र बोर्डले बैंकलाई आश्बा प्रणालीमा आवद्धताको प्रमाण पत्र दिएको हो । अब स्ट्याण्डर्ड चार्टर्ड बैंकमा खाता भएका उपभोक्ताहरुले आइपिओ, एफपिओ तथा हकप्रद सेयरको आवेदन दिँदा नगदको साटो बैंक एकाउण्ट प्रयोग गर्न पाउनेछन् ।

Advertisement

बैंकको कुनै पनि शाखामा गएर आवेदन फारम भरेर आवेदन दिए बराबर खाताको रकम रोक्का गरि हक प्रद, आइपिओ वा एफपिओ भर्न सक्नेछन् । सेयर आवेदनमा रकमको उपयोग भैरहेको भएपनि निक्षेप कर्ताले सो वापतको ब्याज भने पाईरहने बैंकले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री