शुक्रबार, ७ वैशाख २०८१

टाटाको थप दुई नयाँ शाखा विस्तार

समयपोष्ट २०७३ फागुन ४ गते ७:३४

नेपालका लागि टाटामोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले दुई नयाँ शोरुमको शुभारम्भ गरेको छ । सिप्रदीले  नयाँ शोरुम नक्साल र जावलाखेलमा मंगलबार शुभारम्भ गरेको हो । नयाँ शोरुम शुभारम्भको अवसरमा  सिप्रदीले  टाटामोटर्सका सम्पुर्ण प्यासेन्जर भेहेकलहरु प्रर्दशन गरेको थियो । 

Advertisement

नयाँ शोरुम उद्घाटन गर्दै  सिप्रदी ट्रेडिङ्गका सि.ई.ओ. राजन बाबु श्रेष्ठले सिप्रदीको आफ्नै नयाँ शोरुमहरु खोली ग्राहकहरुलाई सेवा दिन पाउँदा निकैे हर्षित भएको बताए । उनले नयाँ शोरुमले  ग्राहकहरुलाई गाडी खरिद गर्दा र खरिद पष्च्यात नयाँ विश्वसनीय अनुभूति प्रदान गर्ने समेत बताए ।

सोही अवसरमा टाटामोटर्सका कन्ट्री म्यानेजर हेमन्त पुरानिकले पनि ग्राहकहरुको विशेष सेवाको लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाका लागि आफ्नै शोरुमहरु थप्दैे लगेकोे कुरा व्यक्त गरे । उनले ग्राहकहरुलाई विश्वसनीय एवं भरपर्दो सेवा प्रदान गर्न नयाँ शोरुमहरुको भूमिका महत्वपूर्ण हुने र ग्राहकहरु लाई विश्वसनीय मात्र नभई उच्चस्तरीय सेवा प्रदान गर्ने कुरामा आफुहरु विश्वस्त भएको कुरा समेत जानकारी गराए ।सिप्रदीले टाटा टाटामोटर्सको सवै रेन्जका प्यासेन्जर र कमर्सियल गाडीहरुको बिक्री वितरणको साथै बिक्री पश्चातको सेवाहरु प्रदान गर्दै आईरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री