बिहीबार, १५ चैत २०८०

शिवम् सिमेन्टले निःशुल्क प्राविधिक परामर्श तथा परीक्षण सेवा दिँदै

समयपोष्ट २०७३ फागुन ४ गते ७:१८

शिवम् सिमेन्टले  निःशुल्क प्राविधिक परामर्श तथा परीक्षण सेवा दिन थालेको छ । घर तथा भवन निर्माणकर्ताहरुलाई निर्माण स्थलमै पुगी निर्माण विशेषज्ञ प्राविधिक टोली मार्फत कम्पनीले यस्तो सेवा सुरु गरेको हो ।  सिमेन्टले सामाजिक उत्तरदायित्व अन्तरगत यो सेवा सुरु गरेको जनाएको छ । सिमेन्टले सुरु गरेको  अभियानलाई झनै वृहत र प्रभावकारी रुपमा सञ्चालन गरी धेरै भन्दा धेरै ग्राहक तथा निर्माणकर्ताहरुका निर्माणस्थलसम्म  पुर्याउँने जनाएको छ । यस सेवाअन्तर्गत निर्माणकर्ताहरुले शिवम् सिमेन्टका अनुभवी र दक्ष प्राविधिक टोली मार्फत सिमेन्टकोको परीक्षण गर्ने, निर्माण कार्य बारे प्राविधिक जानकारी लिने, निर्माण सामाग्रीहरुको मिश्रण तथा कार्यक्षमताका विषयमा जानकारी लिने, वाल र प्लास्टर लगाउने सहि तरिका बारे जानकारी पाउने, आवश्यकता अनुरुप अन्य थप प्राविधिक ज्ञान लगायतका विभिन्न सहयोग दिने जनाएको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री