बुधबार, १२ वैशाख २०८१

जेठ भित्र स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ : प्रधानमन्त्री

समयपोष्ट २०७३ फागुन २ गते ७:५३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने तयारी भैरहेको बताएका छन् । छैठौं विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रशारक संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले  हिमाल, पहाड र मधेशलाई एकतावद्ध बनाएर जेठ भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने तयारी भैरहेको बताएका हुन् ।  

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सरकारले एक वर्ष भित्र तीनै तहको निर्वाचन सम्पन्न गरी छाडने प्रतिवद्धता समेत दोहोर्याए । कार्यक्रममा  दाहालले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सामूहिक संकल्प आवश्यक रहेको समेत उल्लेख गरे । दाहालले राजनीतिक स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान सबैले पहल गर्नुपर्ने पनि स्पष्ट पारे ।

कार्यक्रममा  दाहालले नागरिकमा सूचनाको पहुँच पुर्याउन र मुलुकमा संघीय गणतन्त्र स्थापना गर्न सामूहिक रेडियोहरुले खेलेको भूमिकाको प्रशंसा समेत गरे । उनले परिवर्तनलाई संस्थागत गर्न सामुदायिक रेडियो र सरकारबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा सामूदायिक रेडियोहरुले नेपालको भाषा तथा संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान दिएपनि त्यसमा सरकारले साथ दिन नसकेको भन्दै गुनासो गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री