शुक्रबार, १४ वैशाख २०८१

सनराइज बैंक र एनआर्इडिसी क्यापिटलको एकीकृत कारोबार, चुक्ता पूँजी ७ अर्व दश करोड

समयपोष्ट २०७३ फागुन १ गते ४:३८

सनराइज बैंक र एनआर्इडिसी क्यापिटल मार्केट्सको एकीकृत कारोबार सुरु भएको छ। बैंकले क्यापिटल मार्केट्स एक्वायर गरेपछि एकीकृत कारोबार सुरु भएको हो। शुक्रबार आयोजित एक कार्यक्रमबीच गर्भनर डा. चिरञ्जीवि नेपालले एकीकृत कारोबारको शुभारम्भ गरे ।

Advertisement

केही महिनाअघि नारायणी नेशनल फाईनान्सलाई आफुमा मिलाएको सनराईजले सामुहिक लगानी कोष र धितोपत्र सम्बन्धी कारोबार गर्न सहज हुने गरी एनआईडीसीलाई किन्ने सम्झौता गरेको थियो । सनराईज बैंकले एन.आई.डि.सि.क्यापिटल मार्केटको प्रतिसय कित्ता बराबर सनराइज बैंकको ६५ कित्ता सेयर हुनेगरी खरिद गरेको हो ।

बैंकले क्यापिटललाई खरिद गर्ने प्रस्ताव दुवै संस्थाको पुस २५ बसेको विशेष साधारणसभाले पारित गरेको थियो भने राष्ट्र बैंकले यही माघ १३ गते अन्तिम स्वीकृत दिएको थियो ।

एनआईडीसी. क्यापिटल मार्केट्स प्राप्ति पछि सनराइज बैंकको चुक्ता पुंजी ५ अर्व ४५ करोड पुगेको छ । अब बैंकले प्रस्ताव गरेको ३० प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात बैंकको चुक्ता पूँजी करिब ७ अर्व दश करोड पुग्नेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री