बुधबार, १२ वैशाख २०८१

बृद्धि भयो सनराइज बैंकको नाफा

समयपोष्ट २०७३ माघ २८ गते ६:१२

सनराइज बैंक लि.ले ऋण लगानी व्यापक रुपमा बढाएर खुद ब्याज आम्दानी बृद्धि गर्दै नाफा बढाएको छ । बैंकले आर्थिक बर्षको दोस्रो त्रैमासमा ६० करोड ९७ लाख रुपैयाँ नाफा गरेको हो । अघिल्लो बर्षको यसै अवधिमा बैंकले  ३६ करोड ३९ लाख रुपैयाँ नाफा गरेको थियो । त्यस्तै बैंकले खुद ब्याज आम्दानी १ अर्ब १० करोड रुपैयाँ गरेको छ । बैंकले ३१ अर्ब ऋणलाई बढाएर ४९ अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ भने निक्षेप  ३७ अर्ब २२ करोड रुपैयाँबाट बढेर ५७ अर्ब ३० करोड रुपैयाँ पुर्याएको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री