शुक्रबार, १४ वैशाख २०८१

‘अनुपात्पक क्षेत्रमा लगानी बढेका कारण अहिलेको तरलता अभावको अवस्था निम्तियो’

समयपोष्ट २०७३ माघ २४ गते १३:२४

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले अनुपात्पक क्षेत्रमा लगानी बढेका कारण अहिलेको तरलता अभावको अवस्था निम्तिएको बताएका छन  । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकमा बोल्दै उनले उत्पादन क्षेत्रमा कर्जा लिन आउनेको संख्या ज्यादै न्युन हुँदा अनुत्पादक क्षेत्रमा धेरै जोखिम मोलेर बैंकहरुले लगानी गर्दा समस्या आएको उनको दावी छ ।

Advertisement

गभर्नर नेपालले राष्ट्र बैंकले अहिलेको अवस्थालाई नजिकबाट नियालिरहेको र स्थिति सहज बन्दै जाने बताए ।  उनले प्रोजेक्ट बेसमा लोन प्रवाह गर्ने तयारी भईरहेको पनि जानकारी दिए। गर्भनर नेपालले बैकिङ प्रणालीलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार अघि बढाउन पनि प्रोजेक्ट बेसमा लोन प्रवाह गर्नुपर्ने अवस्था आएको स्पष्ट पारे ।

समितिका सदस्यहरुले राखेको विभिन्न जिज्ञासाको जवाफ दिँदै उनले पैत्रिक सम्पत्ति धितो राखेर लोन दिने व्यवस्थाकाकै कारण बैकहरुले बढि जोखिम मोल्नुपर्ने अवस्था आएको पनि उल्लेख गरे ।
अर्थ सचिव शान्तराज सुवेदीले अहिलेको समस्या तरलताको नभई निक्षेप संकलनको भएको बताए । राष्ट्र बैंकले तोकेको व्याजदर भन्दा बाहिर गएर आफैंले व्याजदर निर्धारण गर्नु पर्ने अवस्था आएको भन्दै उनले बैंक तथा वित्तीय संस्थाहरुले लगानी व्यवस्थापन गर्दै निक्षेपको व्याजदर केही बढाएर काम गरे समस्या समाधान हुने तर्क गरे । 
समितिका सभापति डोरप्रसाद उपाध्यायले अर्थमन्त्रालयलाई समितिले यस अघि दिएको निर्देशन कार्यान्वायन गर्न फेरि निर्देशन दिंदै पूँजीगत खर्च बढाउन ध्यानाकर्षण गराए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री