बिहीबार, १३ वैशाख २०८१

खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिन्डर २५  रुपैयाँले वृद्धि

समयपोष्ट २०७३ माघ २० गते ४:२२

खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिन्डर २५  रुपैयाँले वृद्धि भएको छ । अबदेखि प्रतिसिलिन्डर ग्यासको मूल्य बढेर प्रतिसिलिन्डर एक हजार तीन सय ५० रुपैया पुगेको छ ।
नेपाल आयल निगमका प्रवक्ता भानुभक्त खनालका अनुसार यसभन्दा अघि पनि ७८ रूपियाँ २४ पैसा प्रतिसिलिन्डर घाटा थियो र अहिले फेरि २५ रूपियाँ बढाउँदा पनि एक सय ६२ रूपियाँ ९१ पैसा प्रतिसिलिन्डरमा घाटा हुनेछ, समग्रमा आयल निगम अब पछिल्लो १५ दिनमा २३ करोड ९३ लाख रूपियाँ घाटामा हुनेछ । इन्डियन आयल कर्पोरेसनबाट नै मूल्य बढेर आएपछि यहाँ पनि मूल्य वृद्धि गर्नुपरेको उनको भनाइ छ ।
यसभन्दा अघि प्रतिसिलिन्डर रु एक हजार तीन सय २५ मूल्य निर्धारण गरिएको थियो । पेट्रोल र डिजेलमा भने मूल्य यथावत् रहेको जनाइएको छ ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री