अब विद्युतीय सवारी किन्न ६० प्रतिशत मात्र ऋण पाइने
समयपोष्ट
२०८१ फागुन १३ गते १९:५२
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नयाँ व्यवस्था लागू गरेको छ।
अब विद्युतीय सवारीसाधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा सवारीको मूल्यको अधिकतम ६० प्रतिशतसम्म मात्र कर्जा पाइने भएको छ। यसअघि यस्ता सवारीसाधनमा बजार मूल्यको ८० प्रतिशतसम्म ऋण उपलब्ध थियो।
त्यस्तै, विद्युतीयबाहेक अन्य व्यक्तिगत सवारीसाधन खरिदका लागि पनि अब बैंक तथा वित्तीय संस्थाले अधिकतम ६० प्रतिशतसम्म ऋण दिन सक्नेछन्। यसअघि यस्ता सवारीसाधन खरिदमा मूल्यको ५० प्रतिशतसम्म मात्र कर्जा लिन सकिने व्यवस्था थियो।
प्रतिक्रिया