ब्यारेक भित्रै सइ मृत फेला
समयपोष्ट
२०८१ फागुन ४ गते १२:४९
जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरिक्षक (सई) धनराज खतिवडा मृत अवस्थामा फेला परेका छन्। उनी ब्यारेकमा झुण्डिएको अवस्थामा भेटिएका छन्। प्रारम्भिक जानकारी अनुसार, डोरीको पासो लागेर उनी झुण्डिएका थिए।
झापा प्रहरी प्रमुख, एसपी मिलन केसीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । धनराज खतिवडा भोजपुरका स्थानिय हुन्। घटनाको कारण अझै खुल्न सकेको छैन, र प्रहरी अनुसन्धान जारी रहेको एसपी केसीले बताए।
घटना सम्बन्धी थप जानकारी आउन सकेको छैन।
प्रतिक्रिया